परिषद्को १२४औं बोर्ड बैठक सम्पन्न, एशियाली खेलकुदमा सहभागिता जनाउने

पोखरा स्पोर्ट्स । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा परिषद्को १२४औं बोर्ड बैठक सम्पन्न भएको छ । बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, तेस्रो संशोधनसहित पारित गरेको छ ।

दशौं राष्ट्रिय खेलकुद संगै प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि खेल संख्या र खेलाडी कोटाका सम्वन्धमा कार्यकारी समितिले छलफल गरि सिफारिस गर्ने तथा तयारी सम्वन्धमा प्रदेश खेलकुद र विभागीय टिमहरुलाई पत्राचार गर्ने निर्णय भएको राखेपकी कार्यकारी सदस्य सूवर्ण श्रेष्ठले जानकारी दिएकी छन् ।

यस्तै परिषद्लाई नेपाल सरकारबाट विनियोजन भएको चालु आवको वार्षिक योजना, कार्यक्रम र बजेट तथा परिषद्को आन्तरिक अनुमानित आय व्यय पास गरेको छ । अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोवाटोमा ‘जेनजी शहीद स्मृति पार्क निमार्ण गर्ने, त्यहाँ रहेको अडिटोरियम हललाई जेनजी स्मृति अडिटोरियम हल नामकरण गर्ने निर्णाय गरेको छ ।

बैठकले सन २०२६ मा जापानमा आयोजना हुने २०औं एशियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय पनि गरेको छ ।

बैठकमा परिषद्का उपाध्यक्ष ध्रुव आर्चाय, मन्त्रालयका सचिव डा.हरिप्रसाद लम्साल, सदस्य सचिव रामचरित्र मेहता, राखेप बोर्ड सदस्यलगायतको उपस्थिति थियो ।

बैठकमा कोशी र कर्णाली प्रदेशका बाहेक अन्य प्रदेशका सदस्य सचिबहरुले सहभागिता जनाएन । कोशी र कर्णालीमा सदस्य सचिब नभएकोले कर्मचारीहरुले परिषदको नेतृत्व गर्दै सहभागिता जनाएका थिए । दशौं राष्ट्रिय खेलकुदको शुनिस्चितता नगरेको भन्दै सदस्य सचिवहरु उपस्थित नजनाएको एक सदस्य सचिबले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close