प्याराग्लाइडिङको सोलो उडान प्रतिबन्ध फुकुवा, तोकिएको स्थान बाटै उड्न पाउने

केशब पाठक,
पोखरा, १२ चैत ।
नागरिक उड्ययन प्राधिकरणले प्याराग्लाइडिङको सोलो उडान प्रतिबन्ध फुकुवा गरेको छ । करिब एक महिला अघि सोलो उडानको दुर्घटनामा २ जना पाइलटको मृत्यू र केही घाइते भए पछि अनिश्चित समयको लागि नेपालभर उडानमा प्रतिबन्ध लगाएको थियो ।

प्राधिकरणले एक पत्र पठाएर चैत ५ गतेको बैठकको निर्णयनुसार चैत १० गते देखि लागुहुने गरि प्रतिबन्ध फुकुवा गरेको हो ।

प्राधिकरणले नेपाल हवाई खेलकुद संस्था (ना), बाबु एडभेन्चर प्याराग्लाइडिङ ट्रेनिङ स्कुल स्याङजा र ब्लु स्काई प्याराग्लाइडिङ ट्रेनिङ स्कुल पोखरालाई परिपत्र गर्दै सोलो उडान फुकुवा गरेको जानकारी गराएको छ । उडानका लागि विदेशी पाइलटलाई स्थानिय मौसमको उडान र ल्याण्डिङ क्षेत्रको सम्पूर्ण जानकारी गराउन पर्नेछ ।

प्राधिकरणले सोलो उडानलाई तोकिएको क्षेत्र बाट मात्रै उडान भर्न र कुनै पनि बिदेशीलाई कुनै किसिमको प्रतियोगिताका लागि उडान भर्न नपाउने गरि परिपत्र समेत गरेको छ । विदेशी पाइलटले उडान भर्न चाहेमा अब नेपाल हवाई खेलकुद संस्था (ना) को सिफारिस लिनु पर्ने पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा टेण्डम र सोलो उडान एकै स्थान बाट उडान नर्गन कडाईका साथ नियमको पालना गर्न पनि सचेत गराएको छ ।

यता पोखराको सराङकोट र तोरीपानी क्षेत्रमा टेण्डम (ब्यसायिक)उडान हुँदै आएकोमा अब सोलो उडान कहाँ बाट गर्ने भन्ने द्विविधा उत्पन्न भएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा)का महासचिब शैलेन्द्र राउतले बताए । ‘प्राधिकरणले यसलाई ब्यबसाय संग मात्रै जोडेर हेर्यो हाम्रा खेलाडी आठौं राष्ट्रिय खेलकुद र सन २०२४ मा फ्रान्समा हुने ओलोम्पिक खेलको तयारी पनि अहिले बाट नै गर्नुछ ।’

तालिम प्राप्त खेलाडीले सराङकोट बाटै उडान भर्न र प्रशिक्षण गराउनु पर्ने भएकोले यस बारे प्राधिकरणले बिचार गर्नु पर्ने महासचिब राउतले बताए । पोखरामा मान्द्रेढुङा बाट सोलो उडान गरेमा उपयूक्त नहुने उनको धारणा छ ।

यता प्राधिकरणले पोखराको प्याराग्लाइडिङ उडान र ब्यबसायलाई व्यबस्थित गर्न नेपाल हवाई खेलकुद संस्था (ना) लाई प्राधिकारिक संस्थाको रुपमा तोकेको छ । प्राधिकरणले बुधबार पोखरामा एक कार्यक्रम गरि ना लाई प्राधिकारिक संस्थाको रुपमा घोषणा गर्ने तयारी गर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close