
पोखरा, १० चैत । पोखरेली फुटबल खेलाडी शिब श्रेष्ठ विदेश बसाई पछि फेरी मैदानमा फर्कने भएका छन । उनी पोखरा १५ रामबजार निवासी हुन ।
लामो समय नेपालको घरेलु फुटबल क्लब मनाङ र्मस्याङदी संग आवद्ध शिब एन्फा बिबाद लगाएतका कारण लिग हुन नसकेपछि बैदेशिक रोजगारीका शिलसिलामा मुलुक बाहिर थिए ।
राष्ट्रिय टिममा समेत रहेर खेलि सकेका शिब एन्फा एकेडेमीका उत्पादन समेत रहेका खेलाडी हुन । उनले विभिन्न उमेर समुहको प्रतियोगिताहरुमा आफ्नो खेल कौशल देखाईसकेका छन । एन्फा एकेडेमीको तेस्रो ब्याचका खेलाडी शिवले यु–१३, यु–१४, यु–१६, यु–१९ र यु–२३ बाट समेत खेलेका छन् । उनले पोखरामा भएको भुटान विरुद्ध मैत्रिपुर्ण खेलबाट राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।

अन्तिम समय उनले विश्वकप २०१८ को छनोट अन्तरगत ईस्ट टिमोर र जोर्डन विरुद्ध नेपाली टिमबाट खेलेका थिए । मनाङ र्मस्याङदीबाट सन २००८ देखि आवद्ध रहेका उनले सन् २०१५ सम्म निरन्तर फुटबल खेलेका थिए । शिबलाई भने क्लबले यतिबेला ४ महिनाका लागि अनुवन्ध गरेको हो । अनुबन्ध पछि खुसी ब्यक्त गर्दै उनले फेरी मैदान आफ्नो पु्रानो लयमा फर्कन मेहनत गरेर खेल्ने बताएका छन । मनाङले अर्को महिनाको पहिलो हप्ताबाटै एएफसी कपको पहिलो खेल खेल्दैछ ।
फायल तस्बिरः सुर्दशन रंजित
