जापान जान लागेका यूवा फुटबलर टोलीलाई खेलकुदका क्षेत्रिय अध्यक्ष श्रेष्ठले गरे बिदाई

पोखरा, १० चैत ।
जापानमा आगामी मार्च २९ देखी आयोजना हुने अन्तर्राष्ट्रिय जुनियर (यु–१२) कोपा पुमा टोरेरस फुटबल प्रतियोगिता खेल्न जान लागेको टोलीलाई पश्चिमाञ्चल क्षेत्रिय अध्यक्ष सम्पन्न श्रेष्ठले टिका र खादा लगाएर विदाई गरेका छन ।

सो अबसरमा अध्यक्ष श्रेष्ठले खेलाडीलाई जितको शुभकामना दिंदै अनुशासित आज्ञाकारी भएर खेल्न आग्रह गरे । सानो उमेरमा फुटबल बाट ठूलो फड्को मार्दै राष्ट्रिय झण्डा लिएर विदेशको मैदानमा खेल्न पाउनु ठूलो सफलता भएको बताउँदै अध्यक्ष श्रेष्ठले भने–‘राष्ट्र, अभिभावक र आफ्नो गुरुलाई सम्झेर आफ्नो प्रतिभा देखाउनु होला ।’

अध्यक्ष श्रेष्ठले जिवनमा फुटबल खेलेर कस्तो खेलाडी बन्ने भन्ने कुराको यात्रा प्रारम्भ भएको बताउँदै खेलाडीलाई भने–‘मेस्सी, रोनाल्डो वा विमल क्षेत्री कस्तोे खेलाडी बन्ने भन्ने क्षमता आफू भित्रै अन्तरनिहित छ यसमा धेरै मेहनत र लगनशिलको खाँचो छ ।’ अध्यक्ष श्रेष्ठले अब नेपालमा पनि खेलेर पनि समाजमा उभिन सक्ने दिन शुरु भइसकेको धारणा राख्दै आफ्नो अध्ययन संगै खेल जिवन बढाउन उनले यूवा खेलाडीहरु लाई आग्रह गरे ।

जापान जान लागेका १४ सदस्यिय टोलीमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ टिम म्यानेजरको रुपमा रहेका छन भने टिम प्रशिक्षकमा राजेन्द्र तामाङ छन । त्यस्तै खेलाडीहरुमा स्याङजाका आर्यान गुरुङ र विशाल बिक, काठमाण्डौका एलेक्स पौडेल, बागलुङका विविध थापा मगर, म्याग्दीका विज्ञान गौचन, धादिङका प्रकाश तामाङ, अर्धाखाँचीका समिर गौतम र कास्कीका विश्वास ओझा, सविन नेपाली र सफल थापा रहेका छन ।

जापान जानका लागि यो अबसर भने नेपालका पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले मिलाएका हुन । जापानमा फुटबल प्रशिक्षकका रुपमा कार्यरत गौचनले चार वर्ष देखि यूवा खेलाडीलाई निशुल्क रुपमा जापान खेल्न जाने अवसर मिलाई सकेका छन ।

विदाई कार्यक्रममा कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, कार्यालय प्रमुख प्रकाश बराल, बरिष्ठ फुटबल प्रशिक्षक शम्भु केसी, खेलाडीका अभिभावक लगाएतको उपस्थिती रहेको थियो ।

काठमाण्डौ बाट सोमबार बैंकक हुँदै जापान प्रस्थान गर्ने नेपाली टिम एक साता पछि नेपाल फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close