८ औं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन चैत २७ मा २२ गते बाट खेल शुरु हुने

केशब पाठक
पोखरा, ८ चैत ।
प्रदेश ५ मा आयोजना हुने ८ औं राष्ट्रिय खेलकुद पतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदले प्रारम्भिक चरणका कामहरु सुरु गरेको छ । परिषदले आफ्नो आन्तरिक तयारी गरिरहँदा अब भने उद्घाटनका लागि नयाँ मिती घोषणा गर्ने तयारीमा परिषद जुटेको हो ।

परिषदका सदस्य सचिब केशब कुमार विष्टले यस अघि चैत २५ गते उद्घाटन गर्ने र चैत १६ गते बाट केही खेलहरु सुरु गर्ने बताए पनि अब भने चैत २७ गते उद्घाटन गर्ने गरि नयाँ मिति घोषणा गर्ने तर्फ परिषद अघि बढेको हो ।

नयाँ मिती  संगै अब २०७६ बैशाख २ गते सम्म ८ औं राष्ट्रिय प्रतियोगिता संचालन हुने छ । परिषदले नयाँ मितीको तयारी गरिरहँदा चैत २२ गते बाट आउटडोरका टिम गेम र केही इन्डिभिजुअल खेलहरु पनि सुरु गरिने छ । परिषदका सदस्य सचिब केशब कुमार विष्टले पोखरा स्पोर्टस संग कुरा गर्दै केही आन्तरिक तयारी नपुगेका कारण चैत २७ गते उद्घाटन गर्ने तयारी भएको बताए ।

‘मैले चैत २५ मा नै उद्घाटन गरौ भनेको थिंए तर आन्तरिक तयारी पुगेन’ सदस्य सचिब विष्टले भने–‘उद्घाटनका लागि राष्ट्रपतीज्यूको पनी समय अभावका कारण २५ गते सम्भव हुन सकेन ।’ तर यता यूबा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा पनि यहि चैत २४ र २५ गते अमेरिकाको भ्रमण भएको कारण चैत २७ पनि के हुने भन्ने बारे अझै शंका नै रहेको बताइन्छ ।

तर प्रदेश बाट छनौटमा परेका सैयौ खेलाडी वन्द प्रशिक्षण समेत नभएर मारमा परेका छन । परिषदको यहि चैत १३ गते हुने बोर्ड बैठकले ८ औं राष्ट्रिय खेलकुदका लागि टुँगो लगाउने सदस्य सचिब विष्टले बताए । उनले प्रतियोगिताका लागि बाहिर बाट आएका आवश्यक सबै सामाग्री भन्सारमा नै थन्किएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close