रेस्लिङ महाभिडन्तमा भगवती च्याम्पियन

पोखरा, ६ चैत । रेस्लिङ महाभिडन्तको महिला रोयल रम्बल म्याचमा भगवती खड्का (युनिका) बुधबार पहिलो भएकी छन् ।

यो स्पर्धामा भगवतीसहित आकृति पुन, लक्ष्मी घर्ती मगर, लीला उप्रेती, सविना उप्रेती, गीता जिरेल र जमुना तामाङले प्रतिस्पर्धा गरेका थिए । होलीको उपलक्ष्यमा नेपाल महिला रेस्लिङ फाउन्डेसनले भृकुतिमण्डपमा आयोजना गरेको रेस्लिङअन्तर्गत महिला ट्रिपल थ्रेट स्पर्धामा भगवती नै च्याम्पियन बनिन् । आकृति र सविनाले पनि यो स्पर्धामा भाग लिएका थिए ।

महिला वान भर्सेज वानमा जमुनाले गीतालाई पराजित गरिन् । महिलाकै अर्को वान भर्सेज वानमा लक्ष्मी घर्ती मगरले लीलालाई हराइन् । त्यस्तै भारतीय र नेपाली रेस्लर बीचको पुरुष वान भर्सेज वानमा भारतका प्रिन्स वंशीले नेपालका बाबु साहेबलाई पाखा लगाए ।

सम्पूर्ण खेलको निर्णायकमा गुणराज रुचाल रहेको आयोजक फाउन्डेसनले जनाएको छ । विजेतालाई नायक राजेश हमालले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close