
पोखरा, ६ चैत्र ।
हङकङ बाट आफ्नो जन्म थलो पोखरा आएका अर्जुन गुरुङले पोखरा म्याराथनलाई सहयोगको निरन्तरता रहने उद्घोष गरेका छन ।
भूतपूर्व खेलाडी मंच नेपालले बुधबार आफ्नै कार्यालयमा आयोजना गरेको कार्यक्रममा समाजसेबी तथा ब्यबसायी गुरुङले पोखरा म्याराथनले विश्वमा छरिएर रहेका नेपालीहरुलाई समेत एकतावद्ध गर्दै सहयोगको भावना समेत जागृत गराएको बताए । उनले पोखरा म्याराथन अब पोखरामा मात्रै सिमित नभएर संसारका सबैले चिनिने प्रतियोगिता भएकोले पनि यसको महत्व बढेको र खेलकुद बाट पर्यटक भित्राउन पनि सहयोग पुग्ने बताए ।

पोखरा ७ निवासी गुरुङ हङकङमा भेट्रान पोखराका सक्रिय सदस्य तथा तमु ट्योह्यूलाका सल्लाहाकार समेत रहेका छन । उनलाई मंचको कार्यालयमा मंचका अध्यक्ष तेज गुरुङ, महासचिब खेम गुरुङ, सदस्य योगेन्द्र बस्नेत, पूष्पा श्रेष्ठ लगाएतले स्वागत गरेका थिए ।
सो अबसरमा उनले पोखरा म्याराथनमा रहेका स्वयसेबकहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए । १३ औं संस्करणको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा हङकङका समाजसेबी तथा सहयोगीहरुले ५ लाख ४७ हजार नगद संकलन गरेर सहयोग पुर्याएका थिए ।

