पोखरा रंगशालामा रंगको पर्ब होली भब्य रुपमा मनाइयो

पोखरा, ६ चैत्र ।
पोखरा रंगशालामा होली पर्ब भब्य रुपमा मनाइएको छ । राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती, जिल्ला खेलकुद बिकास समिती कास्कीको पहलमा होली पर्ब मनाइएको हो ।

रंगको पर्ब होली मनाउन विभिन्न खेल संग आवद्ध खेलाडीहरु, प्रशिक्षकहरु, खेलकुद संघ संस्थाका पदाधिकारीहरु तथा क्षेत्रिय र जिल्ला खेलकुद कार्यालयका सम्पूर्ण कर्मचारीहरुको उपस्थिती थियो ।

सो अबसरमा मनोरन्जात्मक कार्यक्रम टग अफ वार, घैटो फुटाउने सामुहिक नृत्य लगाएत विविध कार्यक्रमहरु गरिएको थियो ।

टग अफ वारमा महिला भलिबल र ह्याण्डबलको टोलीले फाइनलमा हक्कीको टिमलाई पराजित गर्यो भने घैटो फुटाउने प्रतियोगितमा करातेकी ४५ किलो तर्फकी मोनु तामाङले बाजी मारिन । उनी ८ औं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश बाट छनौटमा परेकी छन ।

टग अफ वारमा प्रथम र द्वितिय हुने टिमलाई प्रथमलाई नगद २ हजार र द्वितिय हुनेलाई नगद १ हजार क्षेत्रिय खेलकुदका अध्यक्ष सम्पन्न श्रेष्ठले प्रायोजन गरे भने घैटौ फुटाउनेको नगद प्रायोजन नगद १ हजार ५ सय जिल्ला खेलकुदका अध्यक्ष याम गुरुङले प्रायोजन गरेका थिए ।

एक वर्ष भरि खेलकुदमा लागि रहने खेलाडीलाई एक दिन रंगको पर्बमा खुसियाली मनाउन यस्तो कार्यक्रम गरिएको परिषद सदस्य गुरुङले बताए । उनले यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता समेत ब्यक्त गरे ।

कार्यक्रममा खेलाडीहरुले एक अर्कालाई रंग साटासाट गर्दै सांगेतिक कार्यक्रममा विभिन्न नृत्य समेत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close