
पोखरा, ५ चैत्र ।
पोखरा रंगशालामा हिन्दुहरुको रंगको पर्व होलीका अवसर यहि चैत्र ६ गते होली सहित विभिन्न मनोरंजनपूर्ण र सांगेतिक कार्यक्रमहरु आयोजना गरिने भएको छ ।
राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङको पहलमा होली सहित विभिन्न मनोरन्जनात्मक कार्यक्रम गरिने भएको हो । राखेप सदस्य गुरुङले वर्ष भरि दुःख गर्ने खेलाडी एक दिन खुसियाली र रमाइलो गर्न यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।
पोखरा रंगशालाको भलिबल ट्रेनिङ सेन्टरमा चैत्र ६ गते बिहान ८ देखि ११ बजे सम्म टग अफ वार, घैटो फुटाउने, बेलुन दौडका साथमा पोखरेली कलाकारहरुले आफ्नो प्रस्तुती पनि दिने भएका छन । उक्त कार्यक्रममा सम्पूर्ण खेलाडी र खेलप्रेमीहरुलाई सहभागिता जनाउन राखेप सदस्य गुरुङले आग्रह समेत गरेका छन ।
