महिला टि २० क्रिकेट लिग आयोजनाको मिती सर्यो, अभिनेत्री रेखा थापा पनि टिमकी मालिक्नी

पोखरा, ४ चैत्र ।
नेपालमा एनसिएल स्पोर्टस प्राइभेट लिमिटेडले बिराटनगरमा पहिलो पटक आयोजना गर्न लागेको महिला टि २० क्रिकेट लिग प्रतियोगिताको मिती सरेको जानकारी दिएको छ ।

आयोजकले एक प्रेस विज्ञप्ती मार्फत चैत्र १ देखि ९ सम्मका लागि तय भएको क्रिकेट स्थगित गरि २०७६ बैशाख ७ देखि १४ गते सम्म सम्पन्न गर्ने जनाएको हो ।

आयोजकले उक्त क्रिकेट लिगमा ४ सहरका ४ फ्रेन्चाइज्ड टोलीहरुको सहभागिता रहने जनाएको छ । क्रिकेट लिगमा विराटनगर रोअरिङ्ग लायोनेस, भैरहवा क्विन्स, धनगढी वन्डर वोमेन, काठमाडौ सुपर च्याम्पियन्सको सहभागिता रहनेछ । उक्त टिम मध्ये काठमाडौ सुपर च्याम्पियन्स टिमको मालिकका रुपमा नेपाली सिने जगतकी चर्चित अभिनेबी रेखा थापा रहेकी छन ।

नेपालमा पुरुषको बिभिन्न फ्रेन्चाईज क्रिकेट लिगहरु सञ्चालन भइरहेको सन्दर्भमा महिलाको पनि क्रिकेट खेल बिकासका लागि भन्दै आयोजकले नेपालमा पहिलो पटक क्रिकेट लिग गर्ने जनाएको थियोे । तर, धनगढीमा जारी मुख्यमन्त्री कप र यसै महिना प्रदेश ५ मा आयोजना हुने आठौ राष्ट्रिय खेलकुदका कारण सार्नु परेको कम्पनीका अध्यक्ष जयराज रायले बताएका छन ।

नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री, टोलीकी सदस्य सिता रानामगर, नेरि थापा, करुणा भन्डारीलाई चार अलग अलग टोलीको मार्की खेलाडीका रुपमा अनुबन्ध गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ भने सहभागी टोलीका मालिकहरु अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायोनेस), दीपक सुवेदी (भैरहवा क्विन्स), हरी खनाल (धनगढी वन्डर वोमेन), रेखा थापा (काठमाडौ सुपर च्याम्पियन्स) रहेका छन ।

टोलीको खेलाडी छनोटका लागि केहि दिनमा अक्सन काठमाडौंमा गरिने जनाइएको छ भने प्रतियोगिता खेल्न दर्ता भएका खेलाडिहरुलाइ ग्रेड ए, बी र सी गरि तीन तहमा विभाजन गरिएको छ । अक्सनमा ग्रेड ए अन्तर्गतका खेलाडीको न्युनतम मूल्य ४० हजार देखि अधिकतम मूल्य ७५ हजार रुपैयाँ रहनेछ । बी ग्रेडका खेलाडीको न्युनतम मूल्य २५ हजार देखि अधिकतम मूल्य ५० हजार रुपैयाँ रहनेछ । त्यस्तै सी ग्रेडका खेलाडीको न्युनतम मूल्य १५ हजार देखि अधिकतम मूल्य रु २५ हजार रुपैयाँ रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १० लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको प्लयेर अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

नेपाली खेलकुदलाई सहयोग, प्रबद्र्धन र खेलकुदका इभेन्टहरु आयोजना गर्ने उद्देश्यका साथ एनसिएल स्पोट्र्स प्रालिको स्थापना गरिएको जनाउँदै एनसिएल स्पोर्टसले एसियाकै पहिलो महिला फ्रेन्चाइज्ड लिगसँगै पुरुष र उमेर समूहको क्रिकेट लिग सञ्चालन गर्ने लक्ष्य राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close