कास्की जिल्ला तेक्वान्दो संघको ११ औ साधारण सभा सम्पन्न

पोखरा, २ चैत ।
कास्की जिल्ला तेक्वान्दो संघको ११ औं साधारण सभा पोखरामा शनिबार सम्पन भएको छ ।

जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष यम गुरुङले साधारण सभाको उद्धाटन गर्दै पोखरालाई खेलकुदको राजधानीका रुपमा बिकास गर्ने भौतीक पुर्वाधारहरुको बिकास भईरहेको बताए ।

पोखरा रंगशालामा खेलकुदका लागी चाहिने आवश्यक भौतीक पुर्वाधार निर्माण भइरहेको बताउँदै अध्यक्ष गुरुङले तेक्वान्दो संघलाई आवश्यक पर्ने जग्गा रंगशाला भित्र उपलब्ध गराउन पहलगर्ने वताए । उनले खेलाडीलाई राज्यले उचित सेवा दिन नसकेको समेत स्वीकार गरे ।

त्यसै गरी संस्थाका अध्यक्ष जगन गुरुङले पोखरामा अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगीता र तेक्वान्दो फेस्टीबल गर्ने सोच भएकोले समग्र पोख्रेलीको सहयोगको अपेक्षा गरे ।

कार्यक्रमा तेक्वान्दो संघ गण्डकी प्रदेशका महासचिव रमेश पौडेलले खेलकुदको विकासका लागि विद्यालय तहदेखिनै खेलकुदका गतिबिधीहरुलाई बढाउनुपर्ने औंल्याए । सल्लाहकार रतन गुरुङ्गले प्रादेशिक संरचनामा गण्डकी प्रदेशले तेक्वान्दोको क्षेत्रमा गरेको प्रगतीको प्रशंसा गरे ।

साधारण सभामा सचिव ललित बहादुर धामी र कोषाध्यक्ष कुमार गुरुङले वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

तेक्वान्दो संघले जुनियर खेलाडीहरुको बेल्ट टेष्ट, ३९ औ ब्याच दोश्रो डान र ४१ औ ब्याच प्रथम डान ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडीहरुको बेल्ट टेष्ट सम्पन्न गरेको छ ।

संघले तेक्वान्दो निर्णयक सेमीनार र रिफ्रेसर कोर्ष सञ्चालन गर्ने तयारी गरेको छ भने जिल्लामा १० वटा नयाँ थप डोजाङ दर्ता तयारीमा रहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close