एसियाली युथ एथलेटिक्समा अजितले प्रतिष्पर्धा गर्ने

काठमाडौ, १ चैत । हङकङमा हुने तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपाली खेलाडीअजितकुमार यादवले प्रतिस्पर्धा गर्ने भएका छन् ।

शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा अजितले ३ हजार किलोमिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । उनको स्पर्धा भने मार्च १७ तारिखमा हुनेछ । यो स्पर्धामा अजितको व्यक्तिगत उत्कृष्ट प्रदर्शन ८ मिनेट ४४ सेकेन्ड रहेको छ ।

प्रशिक्षकको भूमिकामा धनीराम चौधरी पनि अजितसंगै शुक्रबारै हङकङ जाने छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौलाले एक कार्यक्रमबीच बिदाइ गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close