
पोखरा, २५ फागुन ।
संघिय सरकारका यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले चैतको अन्तिम साता ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने बताएका छन ।
गण्डकी प्रदेशमा जारी प्रदेश स्तरिय छनौट प्रतियोगिताको समापन कार्यक्रमका लागि पोखरा आएका मन्त्रि विश्वकर्माले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता चैतको अन्तिम साता शुरु हुने बताएका हुन ।
यहि प्रश्नमा पोखरा स्पोर्ट्स डटकम संग कुरा गर्दै मन्त्रि विश्वकर्माले मिती घोषणा भइनसकेको तर अबको केही दिनमा मिती घोषणा हुने समेत बताउँदै भने–“हामी तयारीमा छौं सायद राष्ट्रिय खेलकुदको समापन कार्यक्रमले नयाँ वर्ष टेक्न पनि सक्छ ।”
खेलकुद भित्र केही नयाँ कुरा घोषणा गर्नु परे पोखरा पुग्छन भन्ने हल्ला संगै दोधारमा रहेको प्रदेश नं ५ मा आयोजना हुने ८ औं राष्ट्रिय खेलकुदको पनि पोखरा आएर करिब–करिब टुङ्गोमा पुगेको मन्त्रि विश्वकर्माले स्पष्ट पारेका छन । पूर्वाधार निर्माणमा ढिलाई भइरहँदा ८ औं राष्ट्रिय खेलकुदको तिन पटक सम्म मिती परिवर्तन भइसकेकोछ । जसका कारण खेलाडीमा समेत निरासा छाएको थियो ।
यता रंगशालामा सम्वोधनको क्रममा मन्त्रि विश्वकर्माले सम्वोधन गर्दै अब कुनै पनि खेलाडीलाई आफ्नो भविष्यको बारेमा चिन्ता गर्न नर्पने बताउँदै भने–“अब कुनै पनि खेलाडीले खेल खेलेर पछुतो मान्न पर्ने स्थिती छैन सरकारले खेलाडीलाई विमाका कार्यक्रम र भत्ता पाउने व्यवस्थालाई व्यवस्थित बनाएको मात्रै नभई खेलाडीको भविष्य शुनिश्चित गरेको छ ।”
अर्को एक प्रसंगमा मन्त्रि विश्वकर्माले सरकारले राष्ट्रिय प्रतियोगितालाई व्यवस्थित बनाउन कार्यविधी बनाएर अगाडी वढेको र अबका राष्ट्रिय खेलकुद प्रतियोगिताहरु चक्रिय प्रणालीमा हरेक दुई वर्षमा हुने गरि तय गरिएको समेत बताए । सरकारले हरेक गाउँपालिकमा एक खेल ग्राम बनाउने कार्यविधी र खेलाडीलाई राज्य कोष बाट दिइने सुविधालाई समेत ब्यवस्थित बनाएको बताए ।
शनिबार सम्पन्न प्रदेश स्तरिय पुरुष भलिबलमा बागलुङले पर्वतलाई फाइनलमा ३–१ सेटले पराजित गर्दै स्वर्ण पदक जितेको छ । बागलुङले पर्वतलाई २५–१६, २५–१९, १८–२५, र २६–२४ ले पराजित गरेको हो । यता काश्य पदकका लागि भएको खेलमा नवलपुरले सोझो सेटमा २५–२०, २५–१३ र २५–१९ ले म्याग्दीलाई हराएको छ ।
यसै गरि महीला भलिबल फाइनलमा म्याग्दीले कास्कीलाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको छ । म्याग्दीले २५–२०, २१–२५, २५–१७ , २२–२५ र १५–१२ ले पराजित गरेको हो । यता काश्य पदकका लागि भएको खेलमा बागलुङले पर्वतलाई २५–२४, २५–२१ र २५–१३ को सेटमा पराजित गरेको हो ।
बास्केटबल तर्फको पुरुषको फाइनलमा कास्कीले म्याग्दीलाई ६४–५१ ले पराजित गर्दै स्वर्ण पदक जितेको छ । पश्चिमाञ्चल क्षेत्रिय अक्ष्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कार्यलय प्रमुख लक्ष्मण योगी लगाएतले बोलेका थिए ।

