पोखरामा जिम हल खोल्ने होड बाजी, लेकसाइडमा खुल्यो अन्तराष्ट्रियस्तरको ‘बब्स् जिम लेकसिटी’

पोखरा, पोखरामा यति बेला जिम हल खोल्ने होडबाजी जस्तै देखिएको छ । लाहुरे बस्ती पोखरा संगै खेलप्रेमीहरुको थलो भएकोले पनि जिम हल अर्थात व्यायमशाला तर्फ आर्कषण बढ्दै गएको छ । रंगशाला या चौर तिर देखिने भिड यति बेला जिम हल तिर बढ्दै गएको प्रष्ट देखिन्छ । जिम हलका संचालकहरु पनि मन खोलेर यसमा लगानी गर्न तम्सिएका छन ।

यसै परिप्रेक्ष्यमा अत्याधुनिक सामाग्रीहरुसहितको नयाँ जिम हल पोखरामा संचालनमा आएको छ । ‘बब्स् जिम लेकसिटी’ नाम दिएर संचालनमा ल्याईएको जिम हल पोखराकै सबैभन्दा अत्याधुनिक र अन्तराष्ट्रियस्तरको भएको यसका संचालकहरुले बताएका छन् ।

युवा व्यवसायी वैभव पौडेल र केशव उदासको सँयुक्त लगानीमा यो जिम हल संचालनमा आएको हो । ‘लेकसाइड विशेषगरि विश्वभरका मानिसहरु आउने स्थान पनि हो । र, यहाँ एउटा अन्तराष्ट्रियस्तरको व्यायामशाला आवश्यक थियो । त्यही आवश्यकतालाई हामीले परिपुर्ती गर्ने प्रयत्न गरेका हौँ ।’ संचालक मध्येका एक वैभव पौडेलले भने–‘सेवा सुविधाको हिसाबले हामीले कुनै कम्प्रोमाइज गरेका छैनौँ ।’

साउना बाथ, स्टिम बाथ, हट वाटर शावरसँगै कफि शप र खुला पार्किङ यो जिम हलको विशेषता हुन् । त्यो सँगै सार्वजनिक बिदामा पुरै दिन र शनिबार मध्यान्ह १२ बजेसम्म जिम संचालनमा ल्याउने संचालकहरुले बताएका छन् ।

लेकसाइडको चौथो र पाँचौ स्ट्रिटको बीचमा रहेका एमबीए प्लाजा परिसरभित्र यो जिम हल संचालनमा आएको छ । जिममा अत्याधुनिक कार्डियो मेशिन राखिएको छ । १२ वटा कार्डियो मेशिन रहेको जिममा अरु ५० वटा भन्दा बढि व्यायाम मेशिनहरु पनि रहेका छन् । ‘तौल घटाउने, आवश्यकता अनुसारको शारिरीक बनावट बनाउने, जुम्बासँगै अन्य थुप्रै फिटनेश प्रशिक्षण पनि दिने व्यवस्था गरेका छौँ ।’ जिममा मूख्य प्रशिक्षक समेत रहेका संचालक केशव उदासले भने–‘र, यो लेभलमा सेवा दिन सक्ने गरि खुलेको जिम बब्स् जिम नै हो ।’

करिब ३ करोड रुपैयाँ लगानीमा संचालनमा आएको जिम हलमा सिक्न आउने प्रशिक्षार्थी तथा खेलाडीहरुका लागि व्यवस्थापनले मिस्टर वल्र्डका गोल्ड मेडलिस्ट महेश महर्जन र पावर लिफ्टिङका नेशनल च्याम्पियन ज्योती थापालाई ‘गेस्ट ट्रेनर’को रुपमा नियुक्त गरेको छ । विहिबार आयोजित पत्रकार सम्मेलनमा मिस्टर वल्र्ड महर्जनले पोखरामा यसरी ट्रेनरको रुपमा एउटा गज्जबको जिम हलसँग एशोसियट हुन पाउँदा आफूलाई निकै खुशी लागेको प्रतिक्रिया दिए ।

बब्स् जिमको आधिकारिक उद्घाटन भने कात्तिक ९ गते शनिबार हुने संचालकहरुले बताएका छन् । प्रदेशका अर्थमन्त्री किरण गुरुङले जिम हलको उद्घाटन गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

यसैबीच जिमको संचालकहरुले उद्घाटन विशेष छुट प्याकेज पनि सार्वजनिक गरेका छन् । यो प्याकेज अन्तरगत जिममा आउने नियमित खेलाडी तथा जिमरहरुले एकमुस्ट त्रैमासिक, अर्धबार्षिक वा बार्षिक रकम बुझाएको खण्डमा सोही अनुसारको रकम छुट पाउनेछन् । त्यो बाहेक व्यायाम गर्दा आवश्यक सामाग्री र प्रोटिनको खरिदमा १० प्रतिशत छुट पाउने संचालकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close