
पोखरा, २० फागुन ।
नेपाली फुटबलको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ जर्शी सार्बजनिक गरेको छ ।
विश्व प्रसिद्ध कम्पनी केल्मीले तयार गरेको नयाँ जर्शीमा सगरमाथालाई अंकित गरिएको छ । केल्मी एन्फाको आधिकारिक संस्था समेत हो । एन्फा र केल्मीको लोगो समेत अंकित रहेको उक्त जर्शी पुरुष फुटबल र महिला फुटबल टिमले लगाउने गरि दुई भिन्दा भिन्दै रंगमा सार्वजनिक गरिएको हो ।
राष्ट्रिय फुटबल टिमको जर्सी सार्वजनिक गर्दै सदस्य–सचिव केशवकुमार विष्टलगायत
अखिल नेपाल फुटबल संघको नयाँ लोगो सार्वजनिकपछि सदस्य–सचिव केशवकुमार विष्टलगायत
राष्ट्रिय फुटबल टिमको जर्सी सार्वजनिकपछि खेलाडीहरु जर्सीसाथ डायसमा
