प्रथम बेगनास कप सेभेन ए साइडको उपाधी सैनिकलाई

पोखरा, २० फागुन ।
महाशिवरात्रीको अवसरमा आयोजित वेगनासमा सम्पन्न प्रथम सेभेन ए साईड बेगनास कपको उपाधी सैनिकले जितेको छ । सोमबार सम्पन्न फाईनल खेलमाफोर टु फाईभ माथी ३–० गोल अन्तरले पराजित गर्दै सैनिकले उपाधी जितेको हो ।

उपाधी संगै सैनिकले नगद १ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फोर टु फाईभले नगद ५५ हजार ५ सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र सहित उपविजेतामा चित्त वुझाएको छ ।

फाइनल खेलमा पहिलो हाफगोल रहित बराबरीमा रहे पनि दोश्रो हाफको केही मिनेटमै डि बक्स भित्रबाट त्रिदेव गुरुङले गोल गरेपछी सैनिकले खाता खोलेको थियो । यसै गरि क्याप्टेन भिसन गुरुङको पासमा खेलाडी बेल प्रसाद गुरुङले अर्को गोल थप्दै अग्रता दोब्बर बनाएका थिए । दबाबमा रहेको फोर टु फाईभ माथी सैनिकका त्रिदेव गुरुङको अर्को प्रहार गोलमा परिणत हुंदा फोर टु फाईभ स्तब्ध बनेको थियो ।

सोमबार नै सम्पन्न तेश्रो स्थानका लागि भएको खेलमा मेरो नेपाल युवा क्लव मझेरी पाटनले जितेको छ । आयोजक बेगनास लाई पेनाल्टी सुट आउटमा ३–२ गोलको नतिजा निकाल्दै १५ हजार ५ सय ५५ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उक्त खेलको म्यान अफ दि म्याच बेगनासका प्रदिप गुरुङ बने ।

प्रतियोगितामा नगद ८ हजार सहित उत्कृष्ट खेलाडीको उपाधी सैनिकका त्रिदेव गुरुङले हातपारे । प्रतियोगितामा उत्कृष्ट डिफेन्स फोर टु फाईभका रविथापा मगर, उत्कृष्ट प्लेमेकर फोर टु फाईभका बिजय श्रेष्ठ र उच्चगोल कर्ताको उपाधी नेपाल मुस्लिम एफसिका अभिनास तामाङले हातपारे । उनीहरु सबैले जनही नगद ५ हजार र ट्रफी पाएका थिए ।

त्यस्तै प्रतियोगितामा अनुशासित टिमको उपाधी सिर्जना बहिरा मावीले प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ दि म्याच सैनिकका वेल प्रसाद गुरुङले हातपारे ।

कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश प्रहरी प्रमुख दान सिंह बोहोरा, ईलाका प्रशासन कार्यालयका प्रमुख चित्राङत बराल, वडा नं २९ का वडाध्यक्ष चेत वहादुर गुरुङ, क्लवका अध्यक्ष राम रानाभाट तथा संयोजक सुरेन्द्र पुनलगायतले पुरस्कार वितरण गरेका थिए । समापन कार्यक्रमको संचालन सचिन रानाभाटले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close