प्रथम वेगनास कपको फाइनलमा सैनिक र फोर टु फाईभ भिड्ने

पोखरा, १८ फागुन ।
वेगनासमा जारी प्रथम सेभेन ए साईड वेगनास कपको फाइनलमा सैनिक ‘ए’ र फोर टु फाईभ भिड्ने भएका छन ।

शनिबार भएको पहिलो सेमीफाइनलमा सैनिक ‘ए’ ले आयोजक वेगनास युवा क्लव माथी २ –१ को कठिन जित निकाल्दै फाईनल यात्रा तय गरेको छ । प्रतियोगिताको पहिलो हाफको केही मिनेटमै करण पुनले गोल गर्दै बेगनासको खाता खोलेका थिए ।

पहिलो हापमा थपिएको १ मिनेटमै सैनिक ‘ए’ का हेमन्त तामाङले गोल गर्दै वरावरीमा ल्याएका थिए । दोश्रो हाफमा सैनिकको तर्फबाट सुमन घलेले एक गोल थप्दै सैनिकले अग्रता लिए पछि आयोजक वेगनास आफ्नै घरेलु मैदानमा स्तब्ध बनेको हो । प्रतियोगिताको म्यान अफ दिम्याच सैनिकका हेमन्त तामाङ बनेका थिए ।

त्यस्तै शनिबार नै भएको अर्को सेमिफाइनल खेलमा मेरो नेपाललाई फोर टु फाईभले २–० गोल अन्तरले पराजित गर्दै सैनिक ए संग फाईनल भेट पक्का गरेको छ । पहिलो हाफमै बिजय गुरुङको एक गोलको मद्दतले अगाडि रहेको फोर टु फाईभले दोश्रो हाफमा पुनः दिपराज गुरुङको अर्को गोल थप्दै अग्रतालाई दोव्वर बनाए । खेलको म्यान अफ दि म्याच फोर टु फाईभका सुशान्त गुरुङ बने ।

सोमबार महशिवरात्रीको अवसरमा हुने फाईनल खेल सम्पन्न हुने संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन ।

यस क्षेत्रकै सर्वाधिक पुरस्कार राशी रहेको खेलमादर्शकको उल्लेख साथ र सहभागीता रहेको क्लवका अध्यक्ष रामवहादुर रानाभाटले वताए । प्रतियोगितामा तेस्रो स्थानका लागि आयोजक वेगनास र मेरो नेपाल सोमबारनै खेल हुनेछ ।

प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछ। त्यस्तै उपविजेताले रु ५५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हातपार्नेछ भने तेश्रो पुरस्कारमा रु १५ हजार ५ सय पचपन्न सहित मेडल र प्रमाणपत्र प्राप्तगर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु ८ हजार उच्चगोलकर्ताले ५ हजार, उत्कृष्ट प्लेमेकर ५ हजार, उत्कृष्ट डिफेन्स ५ हजार र उत्कृष्ट गोल रक्षकले रु ५ हजार प्राप्तगर्नेछन । अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्तगर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close