
काठमाडौँ, १८ फाल्गुन ।
नेपालआर्मीका कृष्ण बस्नेतले प्रधान सेनापति चौथो खुल्ला म्याराथन प्रतियोगिताको उपाधि जितेका छन् । उनले २ घण्टा २० मिनेट ५१ सेकेण्डमा निर्धारित दुरी पार गदै यस अघि आर्मीका घावक पूर्ण तामाङले बनाएको २ घन्टा २२ मिनेट १९ सेकेन्डको कीर्तिमानलाई तोड्दै आर्र्मी िभत्रनयाँ रेकर्ड बनाएकाहुन ।
कृष्णले उपाधि सगै गोल्छा अर्गनाईजेसनबाट उपलब्धि गराएको पल्सर मोटर साईकल र नेपाल सेन्चुरी कमर्सियल बैंकबाट प्रायोजन गरेको १ लाख २५ हजार नगद पनि प्राप्त गरेका छन् । आर्मीको केन्द्रिय कार्यालय स्थित खेल मैदानबाट त्रिपुरेश्वर, माईतीघर, कोटेश्वर, सुर्यबिनायक, जगतेबाट पुरानो ठिमी, पेप्सिकोला,जडिबुटी, कोटेश्वर, गौशाला, चाबेल, महाराजगन्ज, बालुवाटर,नगपोखरी, दरवारमार्ग, भद्रकाली, शहिदगेट हुदै खेल मैदानमा एक चक्कर लगाउदा निर्धारीत ४२.१९५ किलो मिटर दूरी पुरा हुने रुट निर्धारित गरिएको थियो ।
उक्त दूरी आर्मीका राजन खत्रीले २ घण्टा २८ मिनेटमा पुरा गदै दोश्रो स्थान हात पार्दा आर्मीकै नवराज साउदले तेश्रो हुन २ घण्टा २९ मिनेट ५९ सेकेन्ड समय खर्च गरेका थिए । दोश्रो भएका राजनले ६५ हजार र तेश्रो भएका नवराजले ३५ हजार नगद प्राप्त गरे । त्यसैगरि पुरुष हाफ म्याराथनको उपाधि आर्मीका कल्याणा बाँनियाले जिते । त्रिपुरेश्वर, माईतीघर, कोटेश्वर, गौशाला, चाबेल, महाराजगन्ज, बालुवाटर, नगपोखरी, दरवारमार्ग, भद्रकाली, शहिदगेट हुदै खेलमैदानमा एक चक्कर लगाई निर्धारीत २१ किलो मिटरको दूरी पार गर्न कल्याणले १ घण्टा ६ मिनेट ३१ सेकेण्ड लगाएका थिए ।
आर्मीकै गजेन्द्र राईले १ घण्टा ६ मिनेट ३८ सेकेण्डतथा टिका कटुवालले १ घण्टा ७ मिनेट२३ सेकेण्ड समय खर्चेर क्रमशः दोश्रो र तेश्रो भए । त्यसैगरि महिला २१ किमी हाफ म्याराथनको उपाधि आर्मीका विश्वरुपा बुढाले जितिन् । बुढाले १ घण्टा १७ मिनेट २० सेकेन्टमा उक्त दूरी पार गदै उपाधि जितेकी हुन । एपीएफकी बिन्द्रा देशारले १ घण्टा २६ मिनेट १२ सेकेन्डको समय खर्चिदै दोश्रो स्थान हात पारिन् । आर्मीकी चन्द्रा रावलले तेश्रो स्थान हात पार्दा १ घण्टा २६ मिनेट ३२ सेकेन्डको समय खर्च गरेकी थिईन् । पुरुष तथा महिला हाफ म्याराथन बिजेताले क्र्रमशः ५० हजार, ३५ हजार र २५ हजार नगद प्राप्त गरे ।
त्यसैगरि पुरुष ४५ बर्ष माथीको भेट्रन २१ किमी हाफ म्याराथनको उपाधि धर्म महर्जनले जिते । उनले पहिलो स्थानका लागि १घण्टा ११ मिनेट १६ सेकेन्डको समय खर्चेका थिए । भिम गुरुङ र भिमसेन आलेले दोश्रो र तेश्रो स्थान हात पारे । प्रथम स्थान हात पारेका महर्जनले ४० हजार, दोश्रो स्थान जितेका गुरुङले २५ हजार र तेश्रो स्थानमा रहेका आलेले १५ हजार नगदप्राप्त गरे ।
