तनाबपूर्ण फाइनलमा थ्रि स्टारलाई १७ औं आहा रारा गोल्डकपको उपाधी

पोखरा, १८ फागुन ।
तनाबका विच सकिएको १७ औं आहा रारा गोल्डकपको उपाधी थ्रि स्टारले उचालेको छ । थ्रि स्टारलाई उपाधी उचाल्न त्यती सहज भने भएन । उसले उपाधीका लागि सडेन डेथ सम्म कुर्नु प¥यो । अन्ततः थ्रि स्टारका लागि किपर एलन न्यौपाने नायक बने । उनले आर्मीका दुई जना खेलाडीको प्रहारलाई रोक्ने वित्तिकै उपाधी दिलाए ।

यो सहित थ्रि स्टारले पाँचौ पटक उपाधी जितेको हो । उपाधी सहित थ्रि स्टारले ८ लाख १ हजार र उपविजेता रहेको आर्मीले ४ लाख १ हजार नगद पायो । सहाराले उपाधी बिजेता लाई पुरै नगद मैदानमा नै उपलव्ध गराएको थियो ।

रेफ्रि सुदिश कुमार पाण्डेको सिठी खेलको पुरा समयको बज्दा सम्म दुबै टिमको गोलको स्थिती १–१ मा थियो । जब रेफ्रिीले अतिरिक्त समयको १५–१५ मिनेटको खेल सुरु गरे अतिरिक्त समयको ८ औं मिनेटमा आर्मीका बिकास खवाशलाई मैदानमा ट्याकल गरेको भन्दै सुनिल बललाई रेड कार्ड दिंदै बाहिर पठाए ।

त्यस पछि खेलले अर्को मोड लियो । खेलको अतिरिक्त समय सुरु भएक संगै आर्मीले शेसेहाङ आङदम्बेको स्थानमा आशिष शाक्यलाई मैदानमा पठाएको थियो । तर उनी प्लेइङ लिष्टमा थिएनन । यो कुरा अतिरिक्त समयको १० औं मिनेटमा पत्ता लाग्यो । थ्रि स्टारका प्रशिक्षक मेघराज केसी र टिम म्यानेजर मुकेश नकर्मीले शुसिलको विरोध गर्दै ननिकाले सम्म मैदान बाट हट्ने अडान लिए पछि रेफ्रिले उनलाई मैदान बाट बाहिर पठाए । द्ुबै टिम १० जना खेलाडीमा खुम्चिएका थिए । फाइनल खेलमा प्लेइङ लिष्ट नहेरी मैदान भित्र पठाउनु टेबुल अफिसियलको ठूलो भूल थियो ।

टाइ ब्रेकरमा पेनाल्टी प्रहार गर्न आएका आर्मीका बिकेश कुथुको बल एलनले सेभ गरेका थिए भने थ्रि स्टारका सुशिल राईको बल बारमा लागेर फर्किएको थियो । तर सडेन डेथमा आर्मीका बिकाश खवासको बल एलनले सेभ गर्ने वित्तिकै थ्रि स्टारका खेलाडी जितको खुसीका मैदानमा दौडिए भने थ्रि स्टारले आर्मीलाई चौथो पटक उपाधी बाट विमुख गरायो ।

यस अघि खेलको शुरुवातमानै आर्मीेले आफ्नो लयमा खेल देखाउँदै पाँचौ मिनेटमा अग्रता लिएको थियो । मैदानको दायाँ भाग बाट दिएको दिपक गुरुङले दिएको क्रसलाई टेक बहादुर बुढाथोकीले हेड मार्फत गोल गर्दै अग्रता दिएका थिए । तर खेलको पहिलो हाफको थपिएको पहिलो मिनेटमानै थ्रि स्टारले पेनाल्टी हान्ने अबसर जुरायो । बिकास खवासले बल खोस्ने क्रममा ह्याण्ड गरे पछि रेफ्रि शुदिशले पेनल्टीको अबसर दिए । जुन रन्जित धिमालले पुरा गर्दै खेललाई बराबरीमा ल्याए ।

खेलको पुरा समय सकिएको अतिरिक्त समयको पाँचौ मिनेटमा आर्मीले फेरी गोल गर्ने अबसर जुरायो । मैदानको मध्य भाग बाट सन्तोष तामाङको फ्रि किकमा बिमल पाण्डेले हेड गर्दै टिमका लागि दोश्रो गोल गरे । तर यता खेलको १२ औं मिनेट रन्जित धिमालको फ्रि किक बारमा लाग्दै गोल लाइन नजिक ड्रप भयो । किपर बिकेश कुथुले कलेक्ट गर्ने प्रयास पनि गरे तर नजिकै गोल गर्न उभिएका थ्रि स्टारका विदेशी खेलाडी पिटर सेगुनले बललाई गोलको दिशा देखाउँदै टिमलाई बराबरीमा ल्याएका थिए ।

को को भए वेष्ट अफ फाइभ
यहि फागुन ९ गते बा सञ्चालित आहा रारा गोल्ड कपमा फाइनल खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्दै उपाधी दिलाउने थ्रि स्टारका किपर एलन न्यौपाने उत्कृष्ट खेलाडी घोषित हुँदै एप्रिला स्कुटर हात पारेका छन । एलेनले प्रतियोगिताकै वेष्ट किपरको उपाधी संगै खेलको म्यान अफ दि म्याच समेत थिए ।

यसै गरि प्रतियोगितामा वेष्ट डिफेन्डर आर्मीका विमल पाण्डे, आर्मीका सन्तोष तामाङ वेष्ट मिडफिल्डर, आर्मीका नवयूग श्रेष्ठ वेष्ट स्ट्राइकर र थ्रि स्टारका मेघराज केसी उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरु सबेले जनही १५ हजारका साथमा ट्रफी र प्रमाणपत्र पाएका थिए । यसै गरि प्रतियोगितामा फेयर प्ले अवार्ड भने एफिएफ क्लबले पाएको छ । उसले नगद १० हजार सहित ट्रफी प्राप्त ग¥यो ।

बिजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशव कुमार विष्ट, एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पा, हिम श्री फुड्सका निर्देशक प्रकाश केसी, सहारा यूकेका अध्यक्ष कुमार गुरुङ लगाएतले नगद पुरुस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम सहारा क्लबका अध्यक्ष केशब बहादुर थापाको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close