चौबिस घन्टा पनि वित्न नपाउँदै दाउफिन्स संग पुलिस २–१ ले पराजित

पोखरा, १४ माघ ।
वुटबलमा सम्पन्न तिलोत्तमा गोल्डकपमा विजेता र उपविजेता बनेको २४ घन्टा पनि वित्न नपाउँदै पोखरा रंगशालामा जारी आहा ! रारा गोल्डकपको अन्तिम क्वाटर फाइनलका लागि भिडन्तमा उत्रिएको क्यामरुनको दाउफिन्स फेमिली क्लबले विभागिय टिम नेपाल पुलिसलाई २–१ गोल अन्तरले पुनः हारको स्वाद चखाएको छ ।

आहा ! राराको डिफेन्डिङ च्याम्पियन नेपाली राष्ट्रिय खेलाडी सम्मिलित नेपाल पुलिसले खेलको पहिलो हाफमा गोल खान पुग्यो । खेलको ३७ औं मिनेटमा विइक विइक एन्ड्री थिएरीले गोल गरेका थिए । दाउफिन्सका आहन्दा ऐशाको कर्नर किकलाई अनमार्क रहेका थिएरीले छातीले बल रोक्दै गोलको दिशा देखाए ।

विदेशी पाहुना टोली दाउफिन्स संग हारको वदला लिने उच्च मनोबलको साथ उत्रिएको नेपाल पुलिसले पहिलो हाफमा नै गोल खान पुगेपछि केही थकित देखिएको पनि पुलिसका खेलाडीले गोल फर्काउने निकै प्रयास गरिरहेका थिए । त्यो अवसर भने पुलिसले खेलको निर्धारित समय सकिएको तेश्रो मिनेटमा पायो । सुमन लामाको कर्नर किकमा सुमन सुवेदीले हेड मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको ७३ औं मिनेटमा तेज तामाङको स्थानमासुमन लामा मैदान प्रवेश गरेका थिए ।

नेपाल पुलिस भन्दा केही पावर गेम र फिजिकली फिट देखिने दाउफिन्सका खेलाडीले थप गरिएको समयको ९५ औं मिनेटमा दोश्रो गोल गर्ने अवसर जुटायो । एन्देम्बा ओओनाले एक्लैले डि बक्स बाहिर बाट डिफेन्सलाई छलाउँदै गोल गरे । अन्ततः त्यही गोलले दाउफिन्सलाई सेमीफाइनलको यात्रा तय गरायो ।

यस अघि खेलमा नेपाल पुलिसले ७२ औं मिनेटमा राम्रो अवसर पाएको थियो । सुमन लामाको पासमा भरत शाह करिब २० यार्ड टाढा बाट हानेको प्रहार बारमा लागेर फर्कियो लगतै ७५ औं मिनेटमा रबी पासवानको पासमा मिलन राई गोल गर्न बाट चुके ।

यता हार पछि प्रतिक्रिया दिंदै नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले रेफ्रिको गलत निर्णयले हार ब्यर्होनु परेको बताए भने दाउफिन्सका टिम कप्तान जोशेफ मार्सेलले नेपाल पुलिसले राम्रो खेलेको भए पनि जित आफ्नो पक्षमा सफल भएको बताए ।

आयोजक सहारा क्लबका अनुसार बुधबार पहिलो सेमिफाइनल खेल विभागिय टिम एपिएफ क्लब र १६ औं संस्करणको उपविजेता थ्रिस्टार क्लबका विच हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close