आहा ! रारा गोल्डकप : हिमालयन शेर्पाको विजयी शुरुवात

पोखरा, १० फागुन ।
पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा हिमालय शेर्पा क्लबले विजयी शुरुवात गरेको छ । शुक्रबार पोखरा रंंगशालामा भएको अन्तिम प्रिक्वार्टरफाइनलमा धरान फुटबल क्लबलाई शून्यको विरुद्ध एक गोलले हराउँदै हिमालयन शेर्पा क्लबले प्रतियोगिताको क्वाटरफाइनल यात्रा तय ग¥यो ।

हिमालयनका त्रिदेव गुरुङले गरेको एकमात्र गोल निर्र्णायक बन्यो । त्रिदेवले ७७ औं मिनेटमा टोलीका लागि निर्णायक गोल गरेका थिए । मैदानको दायाँ भागबाट विदेशी खेलाडी प्याट्रिक प्रिभट गोहाको लामो क्रस बलमा त्रिदेवले सजिलै गोल गरे ।

टिमको प्रदर्शनदेखि आफू खुशी नभएको धरानका प्रशिक्षक सागर घिमिरेले प्रतिक्रिया दिए । खेलपछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक घिमिरेले क्लबका तीन मुख्य खेलाडीहरु नेपाल पुलिस र च्यासल क्लबमा आबद्ध भएपछि टोलीको प्रदर्शन खस्किएको उल्लेख गरे ।

घिमिरेका अनुसार धरानका मुख्य खेलाडीहरु मिलन राई र मनोज राई नेपाल पुलिस क्लबमा र हेमन्त थापामगर च्यासल युथ क्लबमा आबद्ध भएका छन् । घिमिरेले भने, ‘क्लबले उत्पादन गरेको राम्रा खेलाडीहरु अन्य क्लबमा अनुबन्ध भएपछि धरान फुटबल क्लबको प्रदर्शनमा कमी आएको हो ।’

हिमालय शेर्पा क्लबले पनि सोंचेजस्तो प्रदर्शन गर्न नसकेको टिम व्यवस्थापक बिजेन्द्र पुडासैनीले पोष्ट म्याच कन्फरेन्समा स्वीकारे । उनले धरानसँग आक्रामक खेल्ने रणनीति बनाएपनि सफल हुन नसकेको प्रतिक्रिया दिए । टोलीको मिडफिल्ड जम्न नसकेका कारण नतिजा सोंजस्तो नआएको उनको भनाई थियो ।

‘गेम इन्टरेष्टिङ हुन सकेन, पुडासैनीले प्रतिक्रिया दिए, ‘तीन जनालाई मिडफिल्ड खेलाएर अन्यलाई अट्याकिङ खेलाउने हाम्रो शुरुको रणनीति थियो । खेलको शुरुवातदेखि नै मिडफिल्ड चल्न सकेन । हाम्रो रणनीतिमा हामी फेल भयौं ।’
पहिलो पटक फुटबलमा आमने–सामने भएको हिमालयन शेर्पा र धरान फुटबल क्लबले कमजोर प्रदर्शन ग¥यो । दुबै क्लबबीचको प्रदर्शन निरशलाग्दो बन्यो । हिमालयन शेर्पाको तुलनामा धरानले दवावमा खेलेको थियो । खेलमा दुबै टोलीले खासै राम्रा मुभहरु बनाउन सकेन ।

अट्याकिङ रणनीतिमा खेलेको हिमालयन शेर्पाले खेलको शुरुवातमै पाएको अवसरलाई खेर फाल्यो । खेल शुरु भएको दोस्रो मिनेटमै डि एरियाभित्रबाट त्रिदेव गुरुङले विपक्षी डिफेण्डरलाई छक्याएर प्र्रहार गरेको बल माथिल्लो बार हुँदै आकासियो ।

खेलको दोस्रो हाफपछि प्राप्त अवसरलाई पूर्र्णबहादुर गुरुङ गोल गर्नबाट चुके । दायाँ भागबाट त्रिदेवले मिलाइदिएको क्रस बललाई विपक्षी कीपर बिनयसँगको वान भर्सेज वानको अवस्थामा डि एरियाभित्र रहेका पूर्णले गरेको हल्का भली बललाई कीपर विनयले सजिलै पञ्च गरी फर्काएका थिए ।

त्यस्तै, हिमालयन शेर्पा क्लबसँग दवावमा खेलेको धरानले दुईभन्दा बढि राम्रा मुभहरु बनाउन सकेन । खेलको अन्तिमतिर विश्वास श्रेष्ठको क्रस बलमा विदेशी फोफाने ड्राहिमाले कडा प्रहार गरेको बललाई हिमालयनका कीपर किशोर गिरीले सजिलै रोके । लगत्तै, धरानका योगेश राईले प्रहार गरेको सिधा फ्रि–किक बललाई हिमालयनका किपर किशोरले पञ्च गरी आउट फालेर क्लियर गरे ।

हिमालयन शेर्पाका त्रिदेव गुरुङ म्यान अफ दि म्याच बने । सहारा क्लब युकेका सल्लाहकार लालकाजी गुरुङले म्यान अफ दि म्याच राईलाई नगद पाँच हजारसहित ट्रफी प्रदान गरे ।

शुक्रबारको हिमालयन शेर्पा क्लब र धरान फुटबल क्लबबीचको खेलसँगै प्रतियोगिताको प्रि–क्वार्टरफाइनलका खेलहरु सम्पन्न भएको छ । शनिबार, सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र सशस्त्र प्रहरीको एपीएफबीच पहिलो क्वार्टरफाइनल खेल हुने आयोजक सहारा क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close