
पोखरा, ६ फागुन ।
प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत सम्पन्न ह्याण्डबल खेलमा कास्कीले स्वर्ण जितेको छ ।
सम्पन्न फाइनल खेलमा कास्कीले बागलुङलाई ३६–१० गोल अन्तरले पराजित गरेको हो । त्यसै गरि ह्याण्डबलमा नवलपुरले स्याङजालाई पराजित गर्दै काश्य पदक जितेको छ ।

छनोट अन्र्तगत सोमबार आइटिएफ तेक्वान्दोका खेलहरु सम्पन्न भएको छ । विजेता खेलाडीलाई पगण्डकी प्रदेश सांसद कृष्ण थापाले पदक तथा प्रमाणपत्र वितरणको गरेको खेलाडी व्यवस्थापन समितीका संयोजक दिपक तिमिल्सिनाले बताए । यसैगरि सोमबार देखि क्रिकेट तर्फ छनोटका खेलहरु शुरु भएका छन ।


