खेलकुद महासंघ गण्डकीका अध्यक्ष पुनलाई पितृ शोक

पोखरा स्पोर्टस । नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा विष्णु पुनलाई पितृ शोक परेको छ ।

अध्यक्ष पुनका वुवा हिरा बहादुर पुनको ६८ वर्षको उमेरमा बुधबार दिउसो निधन भएको हो । अध्यक्ष पुनका पिता लामो समय देखि स्वास्थ्यमा समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । पोखरा महानगर पालिका वडा नं २९ निवासी समाजसेवी तथा भारतिय सेनाका अवकास प्राप्त स्व.पुनको श्रीमती, ४ छोरा र एक छोरी रहेका छन् ।

उहाँको बिहिबार बिहान ८ः३० बजे पोखरा लेखनाथ लामे आहाल घाटमा अन्तिम संस्कार गरिने भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close