सेन्ट्रलजोन पुरुष भलिबललाई सेटलाइट टेलिकमको २० लाखको प्रायोजन

पोखरा, ४ साउन । नेपालमा आयोजना हुने एशियन सेन्ट्रलजोन सिनियर पुरुष भलिबल प्रतियोगितालाई नेपाल सेटलाइट टेलिकमले २० लाखको प्रायोजन गरेको छ ।

राजधानीमा शनिवार आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र नेपाल सेटलाइट टेलिकमका अध्यक्ष अश्मिता सुमार्गीले सम्झौंता पत्र आदान–प्रदान गरे ।

सम्झौता पश्चात अध्यक्ष शर्माले नेपाल सेटलाइट टेलिकम प्रति आभार ब्यक्त गदै भने–‘सेन्ट्रल जोन भलिबल राष्ट्रको गौरब भएकाले यो प्रतियोगितालाई भब्यताका साथ सफल बनाउन सबैको सहयोग र साथ आवश्यक छ ।’

सो अबसरमा नेपाल सेटलाइट टेलिकमकी अध्यक्ष सुमार्गीले नेपालमा भलिबलको सेन्ट्रलजोन प्रतियोगिता हुनु गौरबको विषय रहेको बताइन । उनले आफु पनि भलिबल परिवारको सदस्य भएको बताउँदै भनिन–‘राष्ट्रिय खेल भलिबलसँग जोडिन पाउदा हाम्रो संस्था गौरवान्वित भएको छ ।’ उनले आगामी दिनहरुमा पनि सहयोग जारि रहने प्रतिवद्धता जनाइन ।

एशियन सेन्ट्रलजोन सिनियर पुरुष भलिबल प्रतियोगिता लगनखेलस्थित नेपाल आर्मीको कभर्डहलमा साउन ३२ देखी भाद्र ८ गते सम्म संचालन हुने छ । प्रतियोगितामा नेपाल सहित बंगलादेश,मालदिभ्स,अफगानिस्तान, किर्गीस्तान, तुर्कीमिनिस्तान, उजवेकिस्तान गरि कुल ७ देशको सहभागिता निश्चित भएको पत्रकार सम्मेलनमा संघका महासचिव जितेन्द्रवहादुर चन्दले जानकारी गराएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close