पोखरामा तेश्रो भेट्रान्स बास्केटबल प्रतियोगिता फागुन २ बाट

पोखरा, १ फागुन ।
कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पोखरा महानगर पालिका द्वारा संरक्षित “तेश्रो कुँवर व्रर्दश एण्ड शन्स् राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिता” यहि फागुन २ गते बाट पोखरा रंगशालामा शुरु हुने भएको छ ।

प्रतियोगिता बारे जानकारी दिंदै प्रतियोगिताका संयोजक नारायण प्रसाद शर्माले प्रतियोगितामा देश भरिका करिब १२ भेट्रान्स टिमको सहभागिता हुने बताए । ४० वर्ष देखि मात्री उमेर समुहका खेलाडीको सहभागिता रहने प्रतियोगिता करिब १२ लाख खर्च हुने जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुुने टिमलाई नगद ५५ हजार ५ सय ५५ र दोश्रो हुने टिमलाई नगद ३३ हजार ३ सय ३३ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने आयोजक संस्थाका अध्यक्ष ध्वज कुमार गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close