
फागुन १६, पोखरा ।
वेगनास ताल किनारमा जारी प्रथम सेभेन ए साईड वेगनास कपमा प्रि क्वाटरका समिकरण सम्पन्न भएका छन ।
बिहिवार भएको पहिलो खेलमा नेपाल मुस्लिम युथ क्लबले पोखरा ईन्जिनियरिङ कलेज माथी ४–१ को जित निकालेको छ । मुस्लिमको जितमा अभिनाष तामाङले व्यक्तिगत ३ गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन ।
प्रतियोगिताको दोश्रो खेलमा मिलनटोल क्लवले आयोजक वेगनास युवा क्लव सि माथी शुन्यका विरुद्ध २ गोलको जित निकाल्दा फोर टु फाईभले गेटवे फाउन्डेसन माथी ६ शुन्यको फराकिलो जित निकालेको थियो ।
अघिल्लो खेल जितेर अर्को चरण प्रवेश गरेको नेपाल मुस्लिम युथ क्लवले आफ्नो अर्को खेलमा कुडहर एफ सि माथी ७–० को फराकिलो जित निकालेको छ । उसको जितमा अभिनाष तामाङले डबल ह्याट्रिक अर्थात ६ गोल गरेका हुन । यो संगै तामाङले प्रतियोगितामा व्यक्तिगत १६ गोल गर्दै उच्च गोलकर्तामा आफ्नो नाम दर्ता गराएका छन् ।
निकै प्रतिस्पर्धात्मक खेलमा आयोजक वेगनास युवा क्लव बि लाई मेरो नेपाल युवा क्लव मझेरिपाटनले शून्यका विरुद्ध २ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको छ । विजयी सम्पुर्ण टिम क्वाटर फाइनलमा प्रवेश गरेको प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन ।
प्रतियोगितामा शुक्रबार ४ खेल हुने आयोजकले वताएको छ। यस क्षेत्रकै सर्वाधिक पुरस्कार राशी रहेको खेलमा दर्शकको उल्लेख साथ र सहभागीता रहेको क्लवका अध्यक्ष राम वहादुर रानाभाटले वताएका छन ।
प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले रु ५५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने तेश्रो पुरस्कारमा रु १५ हजार ५ सय पचपन्न सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
तस्बिरः रिषभ अधिकारी
