
पोखरा, ६ फागुन ।
रेन्बो प्राइभेट लिमिटेड कम्पनीले यहि फागुन ९ गते बाट संचालन हुने १७ औं आहा ! रारा फुटबल प्रतियोगिताको लागि २ सय थान ज्याकेट उपलव्ध गराउने भएको छ ।
उक्त कम्पनीका गणेशमान श्रेष्ठले सहारा क्लबका सदस्य शान्ता केसी र प्रमोद दवाडीलाई हस्तान्तरण गरेका हुन । उक्त कम्पनीले गत वर्ष समेत १ सय ९० थान ज्याकेट उपलव्ध गराएको थियो । आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिने श्रेष्ठले बताएका छन ।
कम्पनीले सहरा एकेडेमीको सहयोगार्थ ज्याकेट उपलव्ध गराएको क्लबका अध्यक्ष केशब बहादुर थापाले जनाएका छन । सहरा क्लबद्वारा संचलालित सहरा एकेडेमीमा विपन्न परिवारका २८ जना बालकहरु लाई क्लबले फुटबल प्रशिक्षण एवम अध्ययन अध्यापन गराउँदै आएको छ । कम्पनीले ति ज्याकेट उपलव्ध गराएपछि अध्यक्ष थापाले क्लबका तर्फ बाट आभार व्यक्त गरेका छन ।
