नेपाल भलिबल संघका उपाध्यक्ष गुरुङलाई मातृ शोक

पोखरा स्पोर्टस । नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङलाई मातृ शोक परेको छ ।

गुरुङकी आमा टकसिरी गुरुङको बुधबार साँझ ९१ वर्षको उमेरमा निधन भएको हो ।

स्वर्गिय गुरुङका चार छोरा रहेका छन् । उहाँको आज (बिहिबार) बिहान १० बजे पोखरा १० स्थित बौद्ध अघौंं सदन रामघाटमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने भएको पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close