प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरा आउँदै

बंगालादेश संग मैत्रीपूर्ण महिला फुटबल पोखरामा गर्ने तयारी, चेन्जिङ रुम नहुँदा द्विविधा

पोखरा स्पोर्टस । नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षणका लागि पोखरा आउने भएको छ ।

राष्ट्रिय टोली यहि २६ गते पोखरा आउने भएको अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिएका हुन । ३६ सदस्यि टोली करिव २० दिनको प्रशिक्षणका लागि पोखरा रहने महासचिव तुलधारले पोखरा स्पोर्टसलाई बताए । प्रशिक्षणको तयारीका लागि तिन दिन अघि नै टोलीका प्रशिक्षक अलमुताइरी पोखरा आइसकेका छन ।

नेपाली राष्ट्रिय महिला टोलीले यहि अगस्त ३० तारिख बंगालादेश संग मैत्रीपूर्ण फुटबल म्याच खेल्ने तयारी भइरहेको महासचिव तुलाधरले जानकारी दिएका छन । तर पोखरा रंगशाला फुटबल रंगशालाको निर्माणको कामहरु सम्पन्न नभएकोले उक्त प्रतियोगिता बारे यसै भन्न नसकिने बताए । उनले भने–“चेन्जिङ रुमको निर्माणको काम छिटो सक्न भनेका छौं, अवको १५ दिन भित्र दुई वटा चेन्जिङ रुम तयार भए बंगालादेश संगको मैत्रीपूर्ण म्याच पक्कै पोखरामा आयोजना हुन सक्छ ।”

महासचिव तुलाधरले कोभिडका कारण ठप्प जस्तै रहेको फुटबलको माहोल तयार गर्न पनि यो प्रतियोगिता सहयोग पुग्ने बताए । उनले भने–“काठमाडौंमा समस्या भएर पोखरामा आयोजना गरौं भन्ने सोच एन्फाको छ । तर पोखरा रंगशालामा निर्माणको सबै काम सकिएको छैन । यदि दुई हप्तामा सक्ने हो भने सेप्टेम्बर ७ मा भारत संग पुरुषतर्फको मैत्रीपूर्ण फुटबल म्याच पनि गर्न सकिन्छ ।” तर निर्माण कम्पनीले १५ दिन भित्र एन्फाले भने जस्तै गरी चेन्जिङ रुम सक्ने विषयमा शंका रहेको बताएको छ ।

भारतले नेपाल संग दुईवटा मैत्रीपूर्ण फुटबल म्याचका लागि प्रस्ताव गरिसकेको बताउँदै सेप्टेम्वरको २ र ७ का लागि मिति समेत तय गरी भारतलाई पत्राचार गरिसकिएको महासचिव तुलाधारे पोखरा स्पोर्टस संगको कुराकानीमा बताए । “नेपालमा साफ च्याम्पियनशिप मात्रै होइन धेरै मैत्रीपूर्ण फुटबल म्याचहरु हुँदैछन । साफ अन्तर्गत समेत केही खेलहरु हामी पोखरामा आयोजना होस भन्ने चाहन्छौ,” उनले भने ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close