‘एनभिए अवार्ड’ मा टाइगर ग्रुप अफ पोखरा नेपाल सम्मानित

पोखरा स्पोर्टस । मोफसलमा रहेर भलिबल खेलको विकास र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको संस्था टाइगर ग्रुप अफ पोखरा नेपाल एनभिए अवार्डबाट सम्मानित भएको छ ।

नेपाल भलिबल संघले विभिन्न अवार्ड प्रदान गर्ने मध्ये उत्कृष्ट संस्थाको अवार्डबाट टाइगर ग्रुप सम्मानित भएको हो । शुक्रबार अवेर राजधानीमा आयोजित एक कार्यक्रमका बीच नेपाल भलिबल संघले संस्थालाई सम्मान गरेको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

उनले भने–“हामी निकै खुसी छौं । नेपाल भलिबल संघले हामीलाई देश भरीकै संस्थाबाट छानेर सम्मान गरेको छ । टाइगर ग्रुप अध्यक्ष जितेन्द्र बहादुर चन्दसहित नेपाल भलिवल संघ परिवार प्रति आभार व्यक्त गर्दछौं । यो सम्मानले हामीलाई अझै भलिबल खेलको विकास र समाजिक क्षेत्रमा कार्य गर्न उर्जा थपिएको छ ।”

यसै बीच नेपाल भलिबल संघले प्रदान गरेको महिला भलिबल प्रशिक्षक उत्कृट अवार्ड २०८० को टाइटल पुरस्कार समेत प्रायोजन गरेको अध्यक्ष शर्माले जानकारी दिए । सो अवार्डबाट प्रशिक्षक रुपेश श्रेष्ठ सम्मानित भएका थिए । टाइगर ग्रुपले उक्त अवार्ड वापतको नगद रु ५० हजार प्रायोजन गरेको उनले बताए ।

अवार्ड संगै टाइगर ग्रुपलाई भलिबल, नेटसहित विभिन्न खेल सामाग्री प्रदान गरिएको संस्थाका सचिब डिबी नेपालीले बताए ।

टाइगर ग्रुपले पाँचौ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरूष भलिबल प्रतियोगिता गत माघ १२ देखि २० गते सम्पन्न गरिसकेको छ । संस्थाले यहि २०८२ साल बैशाख १ गते नयाँ वर्षका दिन छैटौ संस्करणको टाइगर कपको मिति घोषणा गरेको यस अघि बताए पनि सो बारे नेपाल भलिबल संघ समन्वय भइरहेको अध्यक्ष शर्माले बताए । उनले भने–“हामी छौटौं सस्करणको मिति तय गर्न आतुर छौं । त्यसका लागि हामी निरन्तर संघ संग समन्वयमा छौं । हामी यथासिघ्र मिति घोषणा गर्ने छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close