चाटर्ड एकाउन्टेन्टहरु फुटसल खेल्दै, देशभरका सिएहरु पोखरामा

पोखरा स्पोर्टस । नेपाल चार्टड एकाउन्टेन्ट संघ(एक्यान)कास्कीको आयोजनामा पोखरामो एक्यान फुट्सल प्रतियोगिता सुरु भएको छ ।

पोखरामा ३ र ४ गतेसम्म चल्ने फुट्सल प्रतियोगिताको गण्डकी प्रदेशका कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापाले उद्घाटन गरेका हुन् ।

खेलको उद्घाटन गर्दै मन्त्री थापाले एक्यानले आयोजना गरेको फुट्सलको माध्यमबाट एक अर्कासँग जोडिने वातावरण मिलेको भन्दै खुसी व्यक्त गरे । खेलले भाइचारा, मेलमिलाप बढाएको उनको भनाई थियो । ‘प्राविधिक क्षेत्रमा अब्बल तपाईंहरु खेलमा सक्रिय भएको देखेर निकै खुसी लागेको छ । अहिलेको युवा पिढीहरु गलत प्रवृतीतर्फ अघि बढी रहँदा नैतिकवान स्वस्थ्य र अब्ब्ल समाज बनाउन खेलमा लाग्नु निकै महत्वपूर्ण छ’, उनले भने । मन्त्री थापाले नीति तथा योजना साथै बजेट बनाउँदा चार्टड एकाउन्टेन्टहरुसँग पनि जोडिने प्रतिबद्धता व्यक्त गरे ।

चार्टर्ड एकाउन्टेन्ट गण्डकीका अध्यक्ष सागर लामिछानेले कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै २०३४ सालमा स्थापना भई ४५ वर्ष लामो गरिमामय इतिहास बोकेको बताए । हाल ११ जिल्ला र ८ प्रदेशमा कमिटी गठन भएको उनले सुनाए । केन्द्रमा हाल १९ जनाको कमिटी रहेको उनले बताए ।

सिएहरु पेशागत व्यस्ततामा साथै स्वास्थ्यमा पनि सबल बनेर स्वस्थ्य समाज निर्माणमा भुमिका खेल्ने उनको भनाई थियो । एक्यान उपाध्यक्ष सुसिल घिमिरेले आगामी दिनमा पनि यस्ता कार्यक्रम भई रहने बताए । यसले भातृत्व कायम राख्न सघाउने उनको भनाई थियो ।

एक्यानका निर्वतमान अध्यक्ष आनन्दराज शर्मा वाग्लेले खेलकुद कार्यक्रमले भाइचार बढाउन समेत सहयोग संगै संघीयता बलियो बनाउन पनि सहयोग मिल्ने बताए ।

फुट्सल भदौ ३ र ४ गते दुई दिनसम्म चल्ने छ । एक्यान कास्कीका अध्यक्ष तथा फुट्सल टुर्नामेन्टका संयोजक विवेक श्रेष्ठले खेलबारे जानकारी दिएका थिए । खेलमा ९ टिमको सहभागीता रहेको छ ।

देशभरका ३ सय बढी चार्टर्ड एकाउन्टेन्टहरु उक्त फुट्सल टुर्नामेन्टमा सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close