१५ ओभरमा नै नेपालको विश्वकप खेल्ने सपना चकनाचुर

पोखरा, १२ साउन । मलेसियामा जारी टि–२० विश्वकप छनौटमा नेपालको विश्वकप खेल्ने सपना १५ ओभरमा नै चकनाचुर भयो । नेपालको यो हार संगै विश्वकपको ग्लोवल छनौटमा पुग्ने सपना समेत समाप्त भएको छ ।

विश्वकप खेल्ने आकाक्षा सहित मैदानमा सिङ्गापुर संग भिडेको नेपाल ८२ रनको बिशाल स्कोरमा पराजित हुन मात्रै पुगेन नेट रनरेटका आधारमा उपविजेता हुन बाट समेत वञ्चित हुन पुग्यो ।

सिङ्गापुरले पहिलो व्याटिङ गर्दै निर्धारित २० ओभरमा १९२ रनको विशाल रन पछ्याउने क्रममा नेपाल १०९ रनमा सबै बिकेट गुमाउन पुगेको थियो । सिङ्गापुरले जित संगै एशिया कपको उपाधी समेत हात पार्यो ।

नेपालले २७ रन बनाउँदा कप्तान पारस खडका व्यक्तिगत १२ रन बनाउँदै पेभिलियन फर्के भने ज्ञानेन्द्र मल्ल व्यक्तिगत ३९ रन बनाए । ज्ञानेन्द्र दोस्रो विकेटको रुपमा आउट हुँदा नेपालको ५४ रन थियो । नेपाली खेलाडी दिपेन्द्र सिंह ऐरीले २३ र सोमपाल कामीले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन ।

यता सिङ्गापुरका ब्याट्स्म्यान टिम डेभिडले सर्वाधिक ७७ रन बनाए भने अर्का खेलाडी रोहन रङराजनले ४९ रन र मनप्रितले ४२ रनको व्यक्तिगत पारी खेले ।

नेपाललाई १०९ रनमा आउट गर्न सिङ्गापुरका बलर सिलाडोरे बिजयकुमारले ४ र बिनोद भाष्करणले २ विकेट लिए । नेपालका लागि अविनाश बोहोरा र करण केसीले २ बिकेट लिएका थिए ।
यस्तो पनि भयो
आयोजकको गल्तिले प्रतियोगितामा कतार रनरेटका आधारमा उपविजेता बनेको भए पनि गल्तिले नेपाललाई उपविजेता घोषणा गर्दै मेडल वितरण गरिएको थियो । तर केही क्षण पछि नै यसलाई सुधार गर्दै कतारलाई उपविजेता घोषणा गरियो साथै नेपाललाई वितरण गरिएको मेडल फिर्ता लिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close