नेकोस खेलकुद महोत्सव : रोशन मिस्टर योगी र विशिका मिस योगिनी घोषित

पोखरा स्पोर्टस । सात प्रदेशबाट सहभागी ४९ योग खेलका खेलाडीहरुमध्ये पुरुषतर्फ सुदुर पश्चिम प्रदेशका रोशन विष्ट मिस्टर योगी र महिला तर्पm बागमती प्रदेशका विशिका ढकाल मिस योगिनी हुन सफल भएका छन् ।

मिस्टर योगी र मिस योगीनीले समान नगद रुं ६ हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन भने । हरेक समुहमा प्रहिलो दोस्रो र तेस्रो हुनले क्रमशः रु ३,०००, २,००० र १,००० नगद, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

नेपाल खेलकुद महासंघ समाजबादीको आयोजनामा असौज १३ देखि २३ गतेसम्म नेकोस च्याम्पियनशिप तथा खेलकुद महोत्सव २०८० अन्तर्गत यहि १३ र १४ सम्म पोखरामा योग खेलको राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ ।

नेकोसको आयोजना तथा नेपाल योग खेलकुद संघको प्राविधिक सहयोगमा आयोजित नेकोस योग खेल च्याम्पियनशिप अन्तर्गत सात प्रदेशका २५ महिला तथा २४ पुरुष गरी ४९ योग खेलका खेलाडीहरु सहभागी रहेको च्याम्पियनशिप अन्तर्गतको नतिजा निम्नानुसार रहेको छ । अन्डर १५ व्वाइज अन्तर्गत प्रथम किरन मगर कोशी प्रदेश, द्वितिय शिब यादब मधेश प्रदेश, तृतिय अभि खत्रि बागमती प्रदेश रहेका छन भने अन्डर १५ गर्ल्स अन्तर्गत प्रदेश प्रथम स्वे््च्छा थापा मधेश प्रदेश, द्वितिय प्रज्ञा गौतम मधेश प्रदेश, तृतिय संचिता बाटी बागमती प्रदेश भएका छन ।

त्यसै गरी १५ देखि २५ व्वाइज अन्तर्गत प्रथम रोशन विष्ट सुदुर पश्चिम प्रदेश, द्वितिय भरत कुमार, बागमती प्रदेश, तृतिय मनिश श्रेष्ठ बागमती प्रदेश रहेका छन् । सोही समुह १५ देखि २५ गल्र्स अन्तर्गत प्रथम विशिका ढकाल बागमती प्रदेश, द्वितिय चादनी दर्जी कोशी प्रदेश, तृतिय पुष्पा नाथ सुदुर पश्चिम प्रदेश बनेका छन् ।

२५ देखि ३९ व्वायज अन्तर्गत प्रथम नीलकण्ठ लामिछाने गण्डकी प्रदेश, द्वितिय सन्दीप महर्जन बागमती प्रदेश र तृतिय मोहन पौडेल कोशी प्रदेशका खेलाडी रहेका छन । सोही समुह २५ देखि ३९ गल्र्स अन्तर्गत प्रथम सोनु खडका मधेश प्रदेश, द्वितिय रेनुका खडका गण्डकी प्रदेश र तृतिय सुनिता पताकोटी बागमती प्रदेशका रहेका छन् । त्यसै गरी ४० वर्ष उमेर माथी व्वायज अन्तर्गत प्रथम राज कुमार ओडारी बागमती प्रदेश, द्वितिय बलराम ढुंगाना कोशी प्रदेश, तृतिय कमल नाथ लम्साल गण्डकी प्रदेश रहेका छन् । ४० माथी गलर््स अन्तर्गत प्रथम रविना बाक्य, बागमती प्रदेश, द्वितिय कमला गुरुंग गण्डकी प्रदेश र तृतिय नारायणी रेग्मी मधेश प्रदेश रहेका छन् ।

उक्त प्रतियोगितामा विजेता खेलाडीहरुलाई नेकोसका केन्द्रिय अध्यक्ष तथा पुर्व सदस्य सचिव केशब कुमार विष्ट, पोखरा महानगरपालिकाका मेयर धन राज गुरुङ्ग, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, नेपालका ओलम्पियन खेलाडी खडक रानाभाट, नेपाल योग खेलकुद संघका अध्यक्ष प्रो डा. सूर्य बहादुर कार्की, उपाध्यक्ष डा. दिपा पाण्डेय, डाक्टर आनन्द गैरे, महासचिव चुडामणि खरेल, सचिव पर्शुराम आचार्य केन्द्रिय सदस्य पुष्कर राज पन्त र डाक्टर सुसिला विडारी, नेपाल योग खेलकुद संघ सुदुर पश्चिमाञ्चल प्रदेश प्रमुख गीता विडारी, नेकोसका उपाध्यक्ष यादव बस्नेत, नेकोसका उपमहासचिव तथा नेकोस प्रतियोगिता विभागका प्रमुख अनिल रिजाल गण्डकी नेकोशका अध्यक्ष नवराज अधिकारीले नगद, प्रमाणपत्र तथा ट्रफि वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close