
पोखरा, २७ साउन । मार्शल आर्ट खेल केन्पोकाईको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडी आविष्कार रिजालले वेष्ट फाइटरको उपाधी पाएका छन ।
यहि अगष्ट ७ तारिख बाट जापानको सिजुओकाकेन हामामासुमा शुरु भएको उक्त प्रतियोगितामा पोखराका आविष्कार रिजालले किर्तिमान रच्दै वेष्ट फाइटरको उपाधी पाएका हुन ।
करिब तिन वर्ष अघि देखि पोखरा रंगशाला डोजोमा प्रशिक्षक हरि खडका संग केन्पोकाईको सिक्दै आएका आविष्कारले १३ वर्षको मुनिको क्याटोगोरीमा समेत दोश्रो स्थान हात पारेका छन ।
कास्की जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बरालको नेतृत्वको नेपाली केन्पोकाई टोली यहि अगष्ट ५ तारिख जापान तर्फ गएको थियो । टोलीमा म्याग्दीका नारायण स्यूठानी, म्याग्दीकै भिमसेन अधिकारी समेत रहेका थिए ।
