गण्डकी थण्डर्सले खेलाडी छनोट गर्न ‘ट्यालेन्ट हन्ट’ गर्ने

पोखरा स्पोर्टस । गण्डकी थण्डर्सले यूवा खेलाडी टिममा भित्र्याउन ‘ट्यालेन्ट हन्ट’ गर्ने भएको छ ।

एभरेष्ट वुमेन्स भलिबल फ्रेन्चाइज लिगमा सहभागि गण्डकी थण्डर्सले यहि आश्विन ९ गते ‘ट्यालेन्ट हन्ट’ गर्ने भएको छ । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा हुने ट्यालेन्ट हन्टमा एक जना महिला खेलाडी छनोट गरिने टिमका निर्देशक विकास खेतानले जनाएका छन् ।

टोलीका प्रमुख प्रशिक्षक रुपेश विष्ट र टिमकी मार्की प्लेयर सरस्वती चौधरीसहित टिम म्यानेजमेन्ट टिमले ट्यालेन्ट हन्टमार्फत छनौट हुने एक जना खेलाडीको नाम सार्वजनिक गर्ने तयारी भएको गण्डकी थण्डर्सले जनाएको छ ।

ट्यालेन्ट हन्टमा हाल सम्म कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नजनाएका खेलाडीले मात्रै सहभागिता जनाउने पाउने छन् ।

इन्फिनिटी ड्रिम्स प्रालिले नेपालमा पहिलो पटक फ्रेन्चाइज लिग आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close