पोखरा महानगरले खेलकुदलाई छुट्टायो २ करोड

पोखरा स्पोर्टस । पोखरा महानगरले खेलकुद विकासका लागि २ करोड विनियोजन गरेको छ ।

पोखरा महानगर पालिकाकी उप–प्रमुख मञ्जु देवी गुरुङले ११ औं साधारण सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गर्दै २ करोड विनियोजन गरेको जनाएकी हुन् । प्रस्तुत बजेटमा आगामी वर्षमा सार्थक जिवनशैली खुला व्ययामशाला कार्यक्रम अन्तर्गत पोखराका १० वटा वडामा खुला व्ययामशाला लागि बजेट विनियोजन भएको छ भने आगामी वर्ष उत्कृष्ट चार जना खेलाडीलाई सम्मान गर्ने गरी बजेट विनियोजन गरिएको छ ।

प्रस्तुत बजेटमा चालु आर्थिक वर्षमा पोखरा म्याराथन, आहा रारा फुटबल, पोखरा स्पोर्टस अवार्डलगायत महत्वपूर्ण खेलकुद प्रतियोगिताहरुका लागि शिर्षक तोकेरनै बजेट प्रस्तुत गरिने गरिएको भए पनि यो पटक भने त्यो परम्परा तोडिएको छ । पोखरालाई खेलकुदमार्फत विश्वमा आकर्षणको रुपमा पहिचान दिलाउने अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने पोखरा म्याराथन १७ औं संस्करण, सहारा क्लव पोखराले आयोजना गर्ने आहा रारा फुटबल २० औं संस्करण र खेलकुद पत्रकार मञ्चको आयोजनाहुने पोखरा स्पोर्टस अवार्ड छैटौं सस्करणको तयारी गरिरहेको भए पनि ति शिर्षकहरु भने यो पटकको बजेटमा उल्लेख भएको छैन।

पोखरा महानगर एथलेटिक्स, भलिबल, मार्शल आर्ट, स्क्वास्, पौडीलगायतका खेलकुदहरु केन्द्रको रुपमा रहेको उल्लेख गर्दै उप प्रमुख गुरुङले खेलकुदको प्रवर्द्धन र विकासका लागि विद्यालय तह देखि राष्ट्रियस्तरका प्रतियोगितामा सहकार्य गरेर अघि बढ्ने जनाइन् ।

बजेट प्रस्तुतपति पोखरा स्पोर्टस कुरा गर्दै पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले खुसी व्यक्त गरेका छन् । उनले भने–“बजेट चालु अर्थिकवर्ष भन्दा बढेर आएको छ तर यसमा हामीले सोचे जस्तो अझै हुन सकेको छैन ।” पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको तयारी संगै अन्य खेलकुद पूर्वाद्धार विकासका लागि बजेट आवश्यक रहेको उनले औंल्याए । “बजेट हामी खेलकर्मीहरुका लागि जति आए पनि थोरै नै हुन्छ । तर आगामी वर्षका लागि केही नयाँपनका साथ खेलकुद बजेट आयो त्यसमा हामी निराश हुनुपर्ने अवस्था भने छैन”, उनले भने ।

प्रस्तुत बजेटमा चालु आर्थिक वर्षमा पोखरा म्याराथन, आहा रारा फुटबल, पोखरा स्पोर्टस अवार्डलगायत महत्वपूर्ण खेलकुद प्रतियोगिताहरुका लागि शिर्षक तोकेरनै बजेट प्रस्तुत गरिने गरिएको भए पनि यो पटक भने त्यो परम्परा तोडिएको छ । पोखरालाई खेलकुदमार्फत विश्वमा आकर्षणको रुपमा पहिचान दिलाउने अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने पोखरा म्याराथन १७ औं संस्करण, सहारा क्लव पोखराले आयोजना गर्ने आहा रारा फुटबल २० औं संस्करण र खेलकुद पत्रकार मञ्चको आयोजनाहुने पोखरा स्पोर्टस अवार्ड छैटौं सस्करणको तयारी गरिरहेको भए पनि ति शिर्षकहरु भने यो पटकको बजेटमा उल्लेख भएको पाइएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close