भदौ १ गतेबाट खेलाडी र प्रशिक्षक नियमित प्रशिक्षणमा फर्कने

पोखरा । कोभिड १९ का कारण भएको लकडाउनका कारण घरमा नै बस्न बाध्य खेलाडी र प्रशिक्षकहरु भदौ १ गतेबाट रंगशाला नियमित प्रशिक्षणमा फर्कने भएका छन ।

नेपाल सरकारले २०७६ चैत ११ बाट गरेको लकडाउन मंगलवार मध्यरातबाट सकिए पनि खेलकुदका प्रशिक्षणहरु भदौ १ बाट खुल्ने बताए संगै खेलाडीहरु आफ्नो प्रशिक्षणका लागि रंगशाला प्रवेश गर्न पाउने भएका हुन ।

कोभिड १९ का कारण राष्ट्रिय खेलकुद परिषदले गत फागुन २८ गते सुचना प्रकाशित गरि सबै प्रशिक्षण र खेलकुदका सबै कार्यक्रमहरु स्थगित गरेको थियो । त्यस यता खेलकुदका सबै गतिविधीहरु ठप्प रहेका थिए । सरकारले भदौ १ गतेबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सबै प्रशिक्षणहरु गर्न पाउने जनाएको छ ।

सरकारको यो निर्णय संगै करिव १४० दिन देखि घरमा वस्न बाध्य खेलाडीहरु नियमित प्रशिक्षणमा फर्कन पाउने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close