
पोखरा, २६ फागुन ।
पोखरा फुटबल रंगशालाको शिलान्यासका लागि पोखरा आएका यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले पोखरा रंगशालामा निर्माण भइरहेका केही पूर्वाधारहरुको निरिक्षण गरेका छन ।
यसै क्रममा मन्त्रि विश्वकर्माले टेनिसको पूर्वाधार निर्माणमा परेको कठिनाईका बारेमा समेत जानकारी लिए । कास्की जिल्ला टेनिस संघका निवर्तमान अध्यक्ष बिनोद कायस्थले मन्त्रि विश्वकर्मालाई निर्माण सम्पन्न गर्न परेको आर्थिक समस्याका समस्याका बारेमा जानकारी दिएका थिए ।
पोखरा रंगशालाको टेनिस प्यारापिट सहितको खेलाडी चेन्जिङ रुम २ करोड ४५ लाखको लागतमा निर्माण सम्पन्न हुने गरि ठेकेदार कम्पनी संग सम्झौता भएको हो । उक्त कार्य यहि २०७५ माघ मसान्त सम्म सम्पन्न हुने भनिए पनि १ करोड रकम पश्चात एक रुपैया पनि थप रकम उपलव्ध नगराए पछि काम रोकिएको छ भने सम्पन्न गरिसक्ने म्याद पनि सकिएर वहुउद्धेश्यिय कभर्डहलको हालतमा पुगको छ ।

यसै गरि मन्त्रि विश्वकर्माले स्क्वाश भवनको समेत निरिक्षण गरेका छन । परिषदले जग्गा उपलव्ध गराएर स्क्वाश संघले निर्माण गरेको उक्त भवन अन्तर्राष्ट्रिय मापदण्डको बन्न नसकेर थन्किएको अवस्थमा छ । स्क्वाश संघले निर्माण सम्पन्न गर्न करिब ३ करोड लाग्ने बताइरहदा मन्त्रि विश्वकर्माले सबै विवरण यथासिघ्र परिषदमा पठाउन संघका सचिब सन्तोष घिमिरेलाई आग्रह गरेका छन । मन्त्रि विश्वकर्माले निर्माणाधिन ब्याडमिन्टन कभर्डहलको समेत जानकारी लिए ।
यता १३ औं दक्षिण एशियाली खेलकुद (साग)का लागि पोखरा रंगशाला भित्र आवश्यक पूर्वाधार निर्माण लगाएत अन्य काम कसरी अघि बढाउने भन्ने बारे मन्त्रि विश्वकर्माले १३ औं साग तयारी समितीका सदस्य तेज गुरुङ संग जानकारी लिएका छन ।

सो अबसरमा साग तयारी समितीका सदस्य गुरुङले रंगशाला भित्र आवश्यक पूर्वाधारहरु, सडक, अडोटोरियम हल, सचिबालय, मिडिया सेन्टर, फुड स्टल, मनोरंजन स्थल, पार्किङ र रंगशाला भित्र हरियाली पार्क निर्माण गर्न र आवश्यक पर्ने थप खेलकुद पूर्वाधार निर्माणका बारे सुझाबहरु पेश गरेका थिए । उनले मन्त्रि विश्वकर्माले यस बारे छिट्टै नै आवश्यक पहल गरिने आश्वासन समेत दिएका छन ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशव कुमार विष्ट, परिषद सदस्य राजेश गुरुङ, राखेप तालिम तथा प्रशिक्षण विभाग निर्देशक रिम बहादुर रानाभाट, राखेप प्रशासन प्रमुख बाशुदेब आचार्य, परिषदका मुख्य इन्जिनियर अरुण कुमार उपाध्याय लगाएत अन्य विशिष्ट महानुभावहरुको उपस्थिती रहेको थियो ।
