धावक पार्की वर्लिन म्याराथनमा सहभागि हुने

पोखरा स्पोर्टस । मित्रराष्ट्र जर्मनीमा यहि सेप्टेम्वर २६ (असोज १० गते) आयोजना हुने ‘विएमडव्लु वर्लिन म्याराथन’मा नेपाली धावक गोपिचन्द्र पार्की सहभागि हुने भएका छन् ।

बर्लिन म्याराथनमा सहभागिता जनाउन लागेका पार्की र उनका प्रशिक्षक सन्तोष श्रेष्ठलाई एथ्लेटिक्स परिवार नेपालले सोमबार विदाई गरेको छ । जापानको राजधानी टोकियोमा आयोजना भएको टोकियो ओलम्पिकको तयारी गरिरहेका पार्की अन्तिम समयमा रोकिएका थिए । ओलम्पिकका लागि छनोट भन्दै गरिएको नेपालगञ्ज म्याराथन च्याम्पियन भएका पार्कीले करिव नौ महिना तयारी गरेका थिए ।

१३ औ दक्षिण एशियाली खेलकुद (साग)का स्वर्ण पदकधारी धावक पार्कीलाई र प्रशिक्षक श्रेष्ठलाई एथलेटिक्स संघका पूर्व अध्यक्ष रघुराज वन्त, एथलेटिक्स परिवार,नेपालका सल्लाहकार ऋषी भण्डारी, अध्यक्ष राजन खत्री लगायतका पदाधिकारीहरुले खेल पोशाक र सामग्री प्रदान गरी बिदाई गरेका थिए ।

विदाई कार्यक्रममा संस्थाका सल्लाहकार सुनिल राजबंशी र नेपाल एथलेटिक्स संघका पूर्व अध्यक्ष वन्तले धावक पार्की र प्रशिक्षक श्रेष्ठलाई खर्च वापत नगद पचास हजार प्रदान गरेका छन । नेपालबाट सहभागी हुन जाने खेल टोलिलाई तिन दिनको बसोवास, खाना खर्च आयोजक बाट व्यहोर्ने र बाँकी ३ दिनको सम्पुर्ण खर्च सल्लाहकार भण्डारीले सहयोग स्वरुप उपलव्ध गराएका हुन ।

सोही अवसरमा धावक पार्कीलाई आगामी ३ वर्षको लागी पूर्व एथलेटिक्स खेलाडी एबं सल्लाहकार मोहन नेपाल, राजबंशी सहित शत्रुघन श्रेष्ठ, सबिन प्रधान र प्रचण्ड कर्माचार्यले खेल पोसाक लगायतका खेल सामाग्री प्रदान गरेको संस्थाले जनाएको छ । धावक पार्कीलाई हवाई टिकट राष्ट्रीय खेलकुद परिषदले उपलब्ध गराएको छ भने सहभागीताको अवसर एथलेटिक्स प्रशिक्षक दिलमाया कार्कीको पहलमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close