
पोखरा स्पोर्टस । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरिएको छ ।
टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २०२२ एएफसी महिला एसियन कप छनोटका लागि टोली टुंगो लगाएका हुन् । प्रशिक्षक फिलिप्सले मंगलबार अन्तिम २३ सदस्यीय टोलीको घोषणा गरेका छन् । बन्द प्रशिक्षणबाट पाँच खेलाडीहरुलाई बाहिर राख्दै प्रशिक्षक फिलिप्सले टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । टिमबाट बाहिरिएका खेलाडीमा अमिषा कार्की, आँचली वाइबा, हिमा चौधरी, मनीषा राउत र शर्मिला थापा रहेका छन् ।
उज्वेकिस्तानमा आयोजना हुने छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालले फिलिपिन्स सँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्स बीचको खेल असोज २ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल असोज ५ मा हङकङ सङ्ग खेल्नेछ ।
टोलीमा अंजना राणा मगर (जीके), अंजिला तुम्बापो सुब्बा (जीके), उषा नाथ (जीके), अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, बिमला बीके, बिमला चौधरी, दीपा राई, गीता राणा, हिरा कुमारी भुजेल, इंदिरा राई, मन्जली तामालन (योन्जन), निशा ठोकर, प्रीती राई, पूजा राणा, पुनम जरघा मगर, रजनी ठोकर, रश्मी घिसि,, रेणुका नगरकोटे, सविता राणा, सारु लिम्बु, सृजना सिंह रहेका छन ।
तस्विरः एन्फा
