अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन वादोरियो टोली भारत जाँदै

काठमाडौ, १३ पुस ।
अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित ११ सदस्यीय नेपाली वादोरियो कराते टोली शनिबार भारतको गुजरातस्थित अहमदाबाद प्रस्थान गर्दैछ ।

प्रतियोगिताको पुरुष ५० केजीमुनि विकबहादुर थामी, ६० केजीमुनि निरज गौतम, ७० केजीमुनि राजु बुढाथोकी, ७५ केजीमुनि जिलेदार थारु, ८० केजीमुनि विशाल खड्गी र ३५ केजीमुनि अजय तामाङले प्रतिस्पर्धा गर्नेछन् । महिला ५० केजीमुनि गरिमा गिरी तथा ४५ केजीमुनि सिमा राईले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । खेलाडी जिलेदार भने बिहीबारै नेपालगन्जबाट अहमदाबाद प्रस्थान गरेको बताइएको छ ।

प्रशिक्षकमा नेपाल कराते महासंघका महासचिव समेत रहेका नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक हरिशरण केसी तथा व्यवस्थापकमा नेत्रबहादुर भुजेल रहेका छन् ।

डिसेम्बर ३० देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा पुरुषोत्तम पोखरेलले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close