कास्की जिल्ला टेनिस संघले दियो राहत

पोखरा, कास्की जिल्ला टेनिस संघले आज पोखरा रंगशाला पुगेर राहत सामाग्री प्रदान गरेको छ ।

रंगशालाको निर्माणमा जुटेका श्रमिकहरुका लागि भन्दै टेनिस संघले राहत सामाग्री उपलव्ध गराएको हो । कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङलाई ति राहत सामाग्री उपलव्ध गराए ।

राहत सामाग्री हस्तान्तरण गर्दै टेनिस संघका अध्यक्ष लामाले रंगशाला परिसरमा भइरहेको कामले आफुहरु निकै प्रभावित भएको बताउँदै श्रमीकहरुका लागि खाना र खाजाको केही व्यवस्था होस भन्नका लागि राहत सामाग्री प्रदान गरेको बताए ।

राहत सामाग्री बुझ्दै राखेप सदस्य गुरुङले टेनिस संघ परिवार प्रती आभार व्यक्त गर्दै भने–“हामी यति बेला नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि रंगशाला निर्माण अभियानमा जुटेका छौं, यस्तै सहयोगी मनहरुले गर्दानै लकडाउनको समयमा पनि काम गर्ने आँट बढेको छ ।”

राहत सामाग्री प्रदान गर्न संघका उपाध्यक्ष लोक बहादुर गुरुङ, सचिब नविन चालिसे, कोषाध्यक्ष राजु गुरुङ समेत पोखरा रंगशाला पुगेका थिए । राहत सामाग्रीमा चामल, दाल, तेल, आलु, प्याज, नुन, चियापत्ती, चिनी लगाएतका सामाग्री रहेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका लेखा प्रमुख डिबी नेपालीले बताए ।
-विजय पाठक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close