
पोखरा स्पोर्टस । इङल्याण्डविरुद्ध जारी टेस्ट खेलमा भारत बलियो अवस्थामा रहेको छ । तेस्रो दिनको खेल सकिदा भारतले दोस्रो इनिंगमा ब्याटिंग गर्दै इङल्याण्डविरुद्ध २४४ रनको अग्रता लिएको छ ।
भारतले दोस्रो इनिंगमा एक विकेट लिदै ६४ रन बनाएको छ । भारतले पहिलो इनिंगमा लिएको १८० रनको अग्रता लिएको आधारमा २४४ रनको अग्रता लिएको हो ।
भारतका केएल राहुल २८ रन बनाएर खेलिरहेका छन् भने करुण नायर ७ रन बनाएर खेलिरहेका छन् । त्यस्तै दोस्रो इनिंगमा यशस्वी जैसवालले २८ रन बनाएर आउट भएका छन् ।
यस अघि इङल्याण्डले जामी स्मिथको अविजित १८४ रन र ह्यारी ब्रुकको १५८ रनको मद्धतले ४०७ बनाएको थियो ।
त्यसैगरी भारतले पहिलो इनिंगमा कप्तान शुभमन गिलले बनाएको २६९ रनको मद्धतले ५८७ रन बनाएको थियो ।
