नेपाल ह्याण्डबलसंघको कोरोना बिमा सम्बन्धि अत्यन्त जरूरी सूचना !!

Notice of Covid 19 Insurence For Handball Players, Coaches and Referees !!

सम्पुर्ण मित्रहरू नमस्कार।
कृपया यो notice share गरौं र कुनै पनि खेलाडी, प्रशिक्षक र रेफ्री हरू यो अभियान बाट बनचित हुन नपरोस । हाल विस्वब्यापी रुपमा फैलिएको कोभिड – १९ को महामारी सम्बन्धमा नेपाल ह्याण्डबलसंघले निम्नलिखित निर्णयहरु गरेको जानकारी गराउॅदछौ ।
१. कोरोना बिमा सम्बन्धि : स्वदेश वा विदेशमा आयोजना गरिएका कुनै पनि उमेर समुहको अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि जनाएका खेलाडीहरु, बहालवाला वा अवकाश प्राप्त ह्याण्डबलका प्रशिक्षकहरु र कुनैपनि राष्ट्रिय प्रतियोगीताहरुमा सहभागी भई निर्णायकको भुमिका खेलेका ह्याण्डबलका रेफ्रीहरुको कोरोना विमा नेपालह्याण्डबलसंघले गरिदिने भएकोले यहांको जिल्ला र क्षेत्र अन्तरगतका माथि उल्लेखित समुहमा पर्ने व्यक्तिहरुलाई सम्पर्क गरि यो अनलाईन फर्म भर्न लगाऊन अनुरोध छ ।
२. राहत सहयोग सम्बन्धमा: माथि उल्लेखित ३ समुह सहित कुनै पनि राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाई सकेका खेलाडीहरुको बारेमा, हाल कोभिड -१९ को कारणले पर्नगएको प्रभावको अवस्थालाई मध्यनजर राखी केहि राहत उपलब्द्ध गराउने योजना रहेकोले सम्बन्धित व्यक्तिहरुको नामावाली तथा हालको अवस्थाबारे जानकारी संकलन गरिराख्न समेत अनुरोध छ । राहत बारेको फार्म पछि उपलब्ध गराइने छ ।
यदि कोही कसैले समयमा नै सूचना प्राप्त गर्न नसकी विमा गर्न वा हुन नसकेमा नेपाल ह्याण्डबल संघ वाध्य नहुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।
धन्यबाद !
तल उल्लेखित लिंकमा गएर कृपया आफ्नो नाम भर्नु होला वा समस्या भएमा ९८५६०२२७०७ मा सम्पर्क गर्नु होला 
ADVT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close