कास्कीको माछापुच्छ्रे गाउँपालिकामा फुटबल एकेडेमी, एन्फाको ‘ड्रिम प्रोजेक्ट’

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका भेडावारीमा अखिल नेपाल फुटबल संघ (एन्फा)को ड्रिम प्रोजेक्टका रुपमा अन्तर्राष्ट्रिय फुटबलको छाता संस्था अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले फुटबल एकेडेमी निर्माण गर्न अन्तिम तयारीमा जुटेको छ ।

एन्फाले उक्त वहुउद्धेश्यिय परियोजनाकालागि आर्थिक वर्षका लागि १७ करोड ५५ लाख छुट्याउने गरेको निर्णय सङै अव यसले मुर्तरुप पाउने भएको गाउँपालिकका अध्यक्ष कर्ण बहादुर गुरुङले बताएका छन ।

यो परियोजना सिङ्गो गण्डकी प्रदेशका लागि गौरवको विषय भएको बताउँदै अध्यक्ष गुरुङले यसका लागि एन्फा र फिफा सङ पटक–पटक भर्चुअल बैठकहरु गरिएको बताए । “लकडाउनको समय भएकोले काठमाडौ पुग्न असम्भव भएपनि भर्चुअल बैठकमा सहभागि भएको थिंए, एन्फाको निर्णयले हामी सबै उत्साहित भएका छौं ;”उनले भने ।

बजेट पारित भए सङ्गै अव टेन्डर आह्वानमा जाने एन्फाले जनाएको र उक्त एकेडेमीको प्रोजेक्टका लागि गाउँपालिकाले २ सय ५२ रोपनी भन्दा वढी जग्गा उपलव्ध गराएको अध्यक्ष गुरुङले जनाए ।

यता एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यो गण्डकी प्रदेशको मात्रै नभई नेपालको नै ड्रिम प्रोजेक्ट भएको बताए । यो प्रोजेक्टले नेपालको फुटबल बिकासमा अहम भुमिका खेल्नेमा आफु विश्वस्त रहेको बताउँदै अध्यक्ष शेर्पाले अव लकडाउन खुल्ने वित्तिकै टेन्डर आह्वान गर्ने जानकारी दिए । उनले भने–“अव हामी चाँडै नै पोखरा आउछौं, पत्रकार सम्मेलन गरेर सबै जानकारी दिन्छौ ।”

अहिले डिपिआर तयार भइसकेको जानकारी दिंदै अध्यक्ष शेर्पाले ३ वटा मैदान सहित २ वटा फुटसल मैदान एक ५ हजार दर्शक क्षमताको रंगशाला र होस्टल सहितको सुविधा रहने उनले जनाए । उक्त परियोजना भित्र पौडी पोखरी, जिमहल, पुस्तकालय, कन्फेरेन्सहल हुनेछन । उक्त परियोजना तिन चरणमा सम्पन्न गर्ने लक्ष्य लिइएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close