
पोखरा, ४ साउन । पोखरा रंगशालाको परिसरमा पार्किङ र हरियाली वातावरण बनाउन पहल शुरु गरिएको छ । रंगशालाको पश्चिम र सेती नदिको पूर्वी भागको झाडी फाँडेर यस्तो पहल थालिएको हो ।
शनिवार विहानै बाट रंगशालाको सो क्षेत्र वरपर बढेको झाडी फालिएको, जग्गा सम्माउने र सरसफाइको अभियान शुरु गरिएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । विशेष गरि १३ औं दक्षिण एशियाली खेलकुद (साग) लाई लक्षित गरि उक्त कार्य गर्न शुरु गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले बताए ।
टेनिस खेल मैदानको उत्तर देखि पूर्व हनुमानथानको मन्दिर वरपरको झाडी डोजर लगाएर फालिएको छ भने जग्गालाई समथर बनाइएको छ । रंगशाला परिशरमा रहेको बहुउद्धेश्यिय कभर्ड हलको वरपर समेत सम्मयाउने र माटो फिलिङ गरेर बगैंचा बनाउने राखेप सदस्य गुरुङले बताए । उनले भने–‘हेर्नुस केही दिनमा धेरै परिवर्तन देख्नु हुनेछ, यो रंगशाला पोखराको प्रतिष्ठा संग पनि जोडिएको छ ।’
