एन प्याबसान खेलकुद महोत्सबः फुटबलमा हेम्जा बोर्डिङ र ज्ञानज्योति विद्याकुञ्ज भिड्ने

पोखरा, २० मंसिर ।
निजि तथा आवासिय विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसियसन नेपाल, कास्की (एन प्याब्सान कास्की)को आयोजनामा भएको एन प्याब्सान खेलकुद महोत्सव शुक्रबार समापन हुदैछ ।

महोत्वसवको १२ औ सस्करण अन्तर्गत बिहीबार छात्र फुटबल तर्फ हेम्जा वोर्डिङ स्कूल, र ज्ञानज्योति विद्याकुञ्ज बीच फाइनल खेल हुने फुटबल उपसमिति संयोजक राजु केसीले जानकारी दिए ।

छात्रा फुटबल तर्फ चिल्ड्रेन्र्स एकेडेमी र पोखरा क्याव्रिज्डबीच फाइनल खेल हुने छात्रा तर्फको फुटबल उपसमिति संयोजक हिमाल गुरुङले जानकारी दिए । त्यस्तै छात्र छात्रा वास्केटबल तर्फ कास्की मोडनाइज्ड र न्यू ग्यालक्सीबीच फाइनल हुने वास्केबल उपसमिति संयोजक राजु कायस्थले जानकारी दिए ।

भलिबल छात्र तर्फ सनराइज प्रथम, विरेन्द्र मेमोरियल द्धितीय, ज्ञानगंगा र हेम्जा वोर्डिङ स्कूल, तृतीय भए भने छात्रा तर्फ गोर्खा प्रथम,चिल्ड्रेन्र्स एकेडेमी द्धितीय तथा वर्डस् एकेडेमी र कास्की मोडनाइज्ड तृतीय भएको भलिबल उपसमिति संयोजक प्रकाशराज वाग्लेले जानकारी दिए ।

ह्याण्डबलमा छात्र र छात्रा तर्फ कास्की मोडनाईज्ड एकेडेमी ज्ञानज्योति विद्याकुञ्ज बीच हुने ह्याण्डबल उपसमिति संयोजकमा अर्जूनप्रसाद अधिकारी जानकारी दिए । त्यस्तै टेवुल टेनिस छात्रा तर्फ कास्की मोडनाइज्ड प्रथम, पुस्पसदन एकेडेमी द्धितीय तथा नेशनल क्रियशन र फेवा वोर्डिङ तृतीय भएको टेवुलटेनिस उपसमिति संयोजकमा शिवराज पौडेलले जानकारी दिए ।

“एन प्याब्सान कास्कीको संकल्प : खेलकुद शिक्षाको अभिन्न अंग” भन्ने मुल नारा लिएको उक्त प्रतियोगितामा फुटबल, भलिबल, टेबुलटेनिस, ह्याण्डबल, बास्केटबल तथा एथलेटिक्स प्रतियोगिता जुनियर र सिनियर तहमा सञ्चालित हुने प्रचार प्रसार उपसमिति संयोजक प्रेमराज अधिकारीले बताएका छन ।

महोत्सवमा नेसनल प्याब्सान, कास्कीमा आवद्घ ४५ विद्यालयका करिव ८ हजार खेलाडी विद्यार्थीले सहभागिता जनाउने र विद्यार्थी र अभिभावक गरी ३० हजारले अवलोकन गर्ने एन प्याब्सान कास्कीको दावि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close