नेपाली खेलकुद अव डिजिटल आर्काइभमा–एनओसी

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल ओलम्पिक संग्रहालयविच नेपाली खेलकुदको डिजिटल अभिलेख प्रोजेक्ट शुरु गर्ने भएका छन ।

एनओसीले उक्त योजनाको एक विज्ञप्ती मार्फत जानकारी गराएको हो । डिजिटल अभिलेख प्रोजेक्टका लागि एनओसी र नेपाल ओलम्पिक संग्रहालयविच एक सम्झौता भएको छ । एनओसीले सो बारे जानकारी दिंदै उक्त योजनाले नेपाली खेलकुदमा दुरगामी प्रभाव पर्ने जनाएको छ । एनओसीले एक प्रेस विज्ञप्ती मार्फत भनेको छ–“ नेपाली खेलकुदको डिजिटल अभिलेखिकृत प्राजेक्ट २०२०–२०२१’ सुरु गरेका छौं ।”

उक्त परियोजना नेपाल ओलम्पिक कमिटीको अनुरोधमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीअन्तर्गतको आईओसी ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत हुन लागेको जनाइएको छ । उक्त परियोजनाका लागि लागि सोलिडारिटी कार्यक्रमले आर्थिक अनुदान प्रदान गर्ने भएको छ । उक्त परियोजना यसै वर्षको मार्चमा औपचारिक सम्झौता भएर अगस्टबाट काम पनि सुरु भइसकेको थियो ।

नेपाली खेलकुदको इतिहासमा यस्तो काम यति वृहत रूपमा पहिलो पटक हुन लागेको जनाउँदै एनओसीले भनेको छ–“यो नेपाली खेलकुदको इतिहास अभिलेखिकृत गरेर नया पुस्ताका लागि हस्तान्तरण गर्ने प्रयास हुनेछ ।” नेपाली खेलकुदको इतिहास अहिलेसम्म व्यवस्थित ढंगले समेट्न प्रयास हुन नसकेको बिताउँदै यो प्रोजेक्टले त्यसलाई परिपूर्ति गर्ने प्रयास गर्ने एनओसीले जनाएको छ ।

ओलम्पिक संग्रहालयले नेपाली खेलकुदको सुरुआती अवस्थादेखि हालसम्मको खेलकुद गतिविधि, सहभागिता र उपलब्धीबारे अभिलेख राख्दै आएको छ । ती अभिलेखलाई अब ‘डिभिटल आर्काइभ’ मा सुरक्षित गर्ने प्रयास हुने बताइएको छ । यस्तै नेपालका खेलाडी र खेल संघबारे जानकारी संकलन गरिनेछ ।

नेपालमा विभिन्न खेलको सुरुआत कसरी भयो, खेलकुद ऐन सग सम्बन्धित दस्तावेज, नेपाल ओलम्पिक कमिटी स्वंयको इतिहास, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको अहिलेसम्मको प्रदर्शन सगै नेपाली खेलकुदसग सम्बन्धित तस्बिर र भिडियोको संकलनको प्रयास पनि गरिनेछ । यसका लागि ओलम्पिकस“ग आवद्ध खेललाई बढी प्राथमिकता दिइनेछ ।

यो कार्यक्रमको सफलताले नेपाली खेलकुदको इतिहासले ‘डिभिटल आर्काइभ’ का रूपमा एक निश्चित आकार लिने र यो सबै नेपाली खेलकुदप्रति जिज्ञासुका लागि उपलब्ध हुने एनओसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close