महिला फुटबल : एपिएफ संग कर्णाली १६–० को भारी गोल अन्तरले पराजित

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपिएफ क्लब विजयी भएको छ । एपिएफले कर्णाली प्रदेशलाई १६–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ५ आँै मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिईन । लगत्तै खेलको ९ औँ मिनेटमा एपिएफकी अनिता केसीले दोस्रो गोल गरिन् ।

खेलको १३ औँ मिनेटमा सावित्रा भण्डारीले व्यक्तिगत दोस्रो गोल गरिन भने १८ औँ मिनेटमा सावित्राले टोलीका लागि चौथो गोल गदै ह्याट्रिक पुरा गरिन् ।

खेलको १९ औँ मिनेटमा सरु लिम्बुले पाँचौ गोल गरिन भने २१ औँ मिनेटमा प्रिति राईले छैँटौँ गोल गरिन । २७ औँ मिनेटमा अनिताले, ३६ औँ मिनेटमा सरुले, ४५ औँ मिनेटमा सावित्रा व्यक्तीगत चौथो सगै टोलीलाई ९ गोलको अग्रता दिलाईन ।

सविता रानाले पहिलो हाफको इन्जुरी समयमा एपीएफका लागि १० औँ गोल गरिन ।

खेलको ४८ औँ मिनेटमा सरु लिम्बुले ह्याट्रिक पुरा गदै टोलीका लागि ११ औँ गोल गरिन । ५२ औँ मिनेटमा सावित्राले, ६१ औँ मिनेटमा मनमाया लिम्बुले, ७१ औँ मिनेटमा गिता रानाले र खेलको ८३ औँ र ८६ औँ मिनेटमा रविना गोलेले टोलीका लागि १५ औँ र १६ औँ गोल गरिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close