एएसबीसी एलिट बक्सिङ छनोट : भूपेन्द्र र सनिल पहिलो

पोखरा स्पोर्टस । नेपाल प्रहरीका भूपेन्द्र थापा मगर र ललितपुरका सनिल शाही एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा मंगलबार पहिलो भएका छन् । दुवै नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् ।

पुरुष ६४ केजी भूपेन्द्रले भूपु बक्सिङ पोखराका पवन गुरुङ तथा ६९ केजीमा सनिलले नेपाल आर्मी क्लबका रवि सुनारलाई फाइनलमा पराजित गरे ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष ४९ केजीमा आर्मीका सुशिल थापा मगरले सुर्खेतका मोहन गुरुङ, आर्मीका प्रेम चौधरीले नेपाल प्रहरी क्लबका चन्द्रबहादुर थापा, ५६ केजीमा नेपाल एपीएफ क्लबका पुरन राईले आर्मीका पुरन सुनुवार, ६० केजीमा बक्समान्डुका गणेश थापाले आर्मीका विमल रोक्का मगर तथा ९१ केजीमाथि आर्मीका आशिष दुवाडीले आर्मीकै प्रवीण चौधरीलाई फाइनलमा हराउदै पहिलो स्थान हात पारे ।

नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको महिला ४६–४८ केजीमा आर्मीकी ललिता महर्जन, ४८–५१ केजीमा एपीएफकी माला राई, ५१–५४ केजीमा १३ औं सागकी स्वर्ण विजेता आर्मीकी मिनु गुरुङ, ५४–५७ केजीमा आर्मीकी चन्द्रकला थापा, ५७–६० केजीमा एपीएफकी संगिता सुनार, ६०–६४ केजीमा आर्मीकी पुनम रावल र ६९ केजीमा एपीएफकी सरस्वती राना मगरले शीर्ष स्थान हात पारे ।

तीनदिने प्रतियोगितामा ३४ पुरुष र १६ महिला खेलाडीले समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । भारतको नयाँ दिल्लीमा मे २१ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताका लागि प्रदर्शन र उत्कृष्टताका आधारमा खेलाडी छनोट गरिने बक्सिङ संघका अध्यक्ष राम अवालेले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close